काठमाडौं । हाल क्रियाशील रहेका विद्यार्थी संगठनहरूमध्ये सबैभन्दा पुरानो विद्यार्थी संगठन हो नेपाल विद्यार्थी संघ। नेपाल विद्यार्थी संघको विधान सम्मत महाधिवेशन सुनिश्चितताको लागी भनेर रिले अनसन बसिरहेको छ ।
ने.बिं. संघको विधान २०२७ को सातौ संसोधन २०७५को धारा ५ को बुँदा ५ बमोजिम २० औं जिल्लाहरुमा ३२ वर्षमुनिकाले मात्रै ने. बिं. संघको सदस्गता पाउने व्यवस्था गरेको छ ।
यसै व्यवस्था अनुरुप नेतृत्व छनोट भई कार्यान्वयनमा आईसकेको विधान र ने. बिं. संघको गर्विलो ईतिहासकै उपहास नगरियोस भन्दै ने. बि. संघको कुन्दनराज काफ्लेको समुहले विगत तिन दिन यतादेखि रिले अनसन बसिरहेको छ ।
सानेपास्थित केन्द्रिय पार्टी कार्यालयमा काफ्लेको समुहले विधान सम्मत ३२ वर्षे उमेर हदको विषयमा पार्टि सभापति देउवालाई सुसुचित गर्नका निमित्त आफुहरुले रिले अनसन बसिरहेको ने. बि. संघका नेता करुणा सागर सिग्देलले अमरवाणी लाई जानकारी दिए ।
प्रकाशित ४ पुष २0७६ , शुक्रबार | 2019-12-20 08:28:07
प्रकाशित ९ असाढ २0७६ , सोमवार
प्रकाशित २५ जेठ २0७६ , शनिबार
प्रकाशित १७ जेठ २0७६ , शुक्रबार