स्थायी कमिटी बैठक : भिम रावलले नेकपा र राजपाबीचको तालमेलको कवितामार्फत विरोध

स्थायी कमिटी बैठक : भिम रावलले नेकपा र राजपाबीचको तालमेलको कवितामार्फत विरोध

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र केही दिनअघि सरकारबाट समर्थन फिर्ता लिएको राजपाकाबीच अर्को महिना हुने राष्ट्रिय सभाको उपनिर्वाचनका लागि बुधबार भएको तालमेलको अपारदर्शी शैलीलाई लिएर स्थायी कमिटी बैठकमा नेतृत्वको व्यापक आलोचना भएको छ।

प्रभावशाली नेता भीम रावलले स्थायी कमिटी बैठक धुम्बाराहीमा चलेका बेला त्यहाँ अनुपस्थित केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले बैठकलाई जानकारी नगराई बालुवाटारमा यति महत्वपूर्ण निर्णय लिँदा पार्टीलाई आधिकारिक जानकारी र सुझावबिना गरेको आरोप लगाए।

बिहीबार नेकपाको स्थायी कमिटी बैठकमा उनले सुरुमै एक कवितामार्फत आफ्नो पार्टी र राजपाबीचको तालमेलको बिरोध गरेका हुन्।

उनको कविता यस्तो छ

अँध्यारो अन्तराल चिर्दै बल्छ कि भनी यो दियो धुमबाराहीमा एउटा अभ्यास गरिँदै थियो

एक्‍कासी धुवाँको मुस्लो बालुवाटारमा उठ्यो आशाको धिपधिपे पट्ट पानीको फोका झैं फुट्यो

रक्तिम झण्डाको आडमा समाजवाद खोजिँदै थियो त्यही झण्डा समात्ने हातले आफ्नै काल रोजिँदै थियो

अंकमाल नाकाबन्दीलाई, देशभक्ति कहाँ गयो ? विधि र पद्धति भन्‍ने क्षणभरमा नै धूलो भयो

सत्ता९धन सबैथोक भए चाहियो साम्यवाद किन ? शीर्ष भनी कहलिने नेता हो, इमानले भन

सिद्धान्त, वर्ग, विधिका डम्फू बजाइ राख्‍न सबै छोडौं जहाँ पाइन्छ सत्ता, धन, यो जीवन त्यहीँ नै जोडौं १

रावलसँगै अन्या नेताहरुले पनि नेकपा र राजपाबीच भएको चुनावी तालमेलको विरोध गरेका छन्।

तर नेतृत्वले यसलाई कुशल चुनावी रणनीति भन्दै यसले सत्तामा समाजवादी पार्टीले सत्ताधारी नेकपाको हितविपरित राष्ट्रियसभामा उपनिर्वाचनमा जान सक्ने सम्भावनालाई पराजित गरेको अर्थ लगाएको छ।

प्रतिकृया दिनुहोस

नेकपामा आन्तरिक किचलो, केन्द्रीय

दसैँभत्ता नलिने नेकपा र कांग्रेसको

तीन मन्त्रीले लिए शपथ

अढाइ वर्षपछि प्रदेश नं ५ ले पायो स्थायी

कांग्रेस सांसदले गरे प्रदेश ५ को प्रदेशसभा

कांग्रेस केन्द्रीय समितिको बैठक असोज

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला