विद्या भट्टराईले लिइन् सांसदको शपथ

काठमाडौं। कास्की क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य विद्या भट्टराईले पद तथा गोपनियताको शपथ लिएकी छन्। 

संसद सचिवालयमा  आज आयोजित एक समारोहकाबीच उपसभामुख शिवमाया तुम्बाहाङ्फेले भट्टराईलाई शपथ गराएकी हुन्।

भट्टराई १४ मंसीरको उपनिर्वाचनमा नेकपाको तर्फबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएकी थिइन्। 

तत्कालीन नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको केन्द्रीय सचिवको जिम्मेवारी सम्हालिसकेकी भट्टराई पछिल्लो समय प्राध्यापन पेशामा थिइन्। 

संसद सचिवालयमा कार्यरत महिलालाई बलात्कारको प्रयास गरेको आरोप लागेपछि प्रतिनिधिसभाका तत्कालीन सभामुख कृष्णबहादुर महराले १४ असोजमा सभामुख पदबाट राजीनामा दिएपछि स‌ंसद सभामुखविहीन छ।

सभामुख नभएकाले उपसभामुख तुम्बाहाङ्फे भट्टराईलाई शपथ गराएकी हुन्। 

प्रतिकृया दिनुहोस

नेकपामा आन्तरिक किचलो, केन्द्रीय

दसैँभत्ता नलिने नेकपा र कांग्रेसको

तीन मन्त्रीले लिए शपथ

अढाइ वर्षपछि प्रदेश नं ५ ले पायो स्थायी

कांग्रेस सांसदले गरे प्रदेश ५ को प्रदेशसभा

कांग्रेस केन्द्रीय समितिको बैठक असोज

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला