कर्मचारीका कारण संघीय व्यवस्थामै चुनौती :  प्रचण्ड

कर्मचारीका कारण संघीय व्यवस्थामै चुनौती :  प्रचण्ड

काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहालले कर्मचारीतन्त्रले परिवर्तनलाई आत्मसाथ नगर्दा संघीय व्यवस्थामै चुनौती देखापरेको बताएका छन्। 

आज धनगढीमा सुदूरपश्चिम वित्तीय सम्मेलनमा सम्बोधन गर्दै दाहालले राजनीतिक परिवर्तनसँगै पुरानो राज्यव्यवस्थामा काम गरेका कर्मचारीलाई विदाई गर्न नसक्नु ठूलो कमजोरी भएको  बताए ।

कर्मचारीले विभिन्न बहाना बनाएर नेताको दिमाग खराब गरिरहेको टिप्पणी गरेका दाहालले नेताले हार्ने र कर्मचारीले जित्ने अवस्था आउन नहुने पनि बताए ।

दाहालले संघीयता लागु गर्ने सवालमा कर्मचारीतन्त्रबाट असहयोग भएको आरोप लगाएका छन् । राजनीतिकरुपमा ठूला(ठूला उपलब्धी हासिल गरे पनि कर्मचारीतन्त्रलाई आफू अनुकुल चलाउन नसक्नु हात्ती छिर्‍यो पुच्छर अड्क्यो भनेजस्तै भएको दाहालको टिप्पणी थियो।

६२ /६३ अगाडिका राजनीतिक परिवर्तनपछि कर्मचारीतन्त्र हाबी भएकै कारण उपलब्धी गुमेको बताएका दाहालले फेरि पनि त्यस्तो अवस्था आए दुर्भाग्य हुने बताए ।

कर्मचारीहरु केन्द्रिकृत मानसिकताबाट मुक्त हुन नसकेको बताएका दाहालले अहिलेको अवस्था हेर्दा फेरि पनि उपलब्धि गुम्ने हो कि भन्ने खतरा देखिएको पनि बताए ।

संघीयता कार्यान्वयनमा नजाँदा अहिले परिवर्तनकारी शक्तिहरु खुम्चिने र यथास्थितिवादीहरु हौसिने अवस्था आएको पनि दाहालको भनाई थियो।   

प्रतिकृया दिनुहोस

नेकपामा आन्तरिक किचलो, केन्द्रीय

दसैँभत्ता नलिने नेकपा र कांग्रेसको

तीन मन्त्रीले लिए शपथ

अढाइ वर्षपछि प्रदेश नं ५ ले पायो स्थायी

कांग्रेस सांसदले गरे प्रदेश ५ को प्रदेशसभा

कांग्रेस केन्द्रीय समितिको बैठक असोज

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला