कालापनी विवाद नेपाल र भारतले सम्झौताबाट टुंग्याउनु पर्छ: चीन

कालापनी विवाद नेपाल र भारतले सम्झौताबाट टुंग्याउनु पर्छ: चीन

काठमाडौं । भारतले जारी गरेको नयाँ नक्सामा नेपाली भूमि कालापानी लिम्पयाधुरा र लिपुलेक क्षेत्र पारेपछि सुरु भएको नेपाल र भारतबीचको विवादमा चीनले  प्रतिक्रिया जनाएको छ। 

नेपाली भूमि भारतले आफ्नो नयाँ नक्सामा गाभेपछि चीनले बिहिबार पहिलोपटक प्रतिक्रिया जनाउँदै नेपाल र भारतले यो विवाद मैत्रीपूर्ण परामर्श र सम्झौताबाट टुंग्याउनु पर्ने बताएको छ। 

‘कालापनी क्षेत्रको विवाद नेपाल र भातरले मैत्रीपूर्ण परामर्श र सम्झौताबाट टुंग्याउनु पर्छ भन्ने चीनको चाहाना छ । काठमाडौंस्थित चिनियाँ दूतावासले संचारमाध्यमलाई उपलब्ध गराएको प्रेस नोटमा भनिएको छ। 

नेपालको सार्वभौकिता र भौगोलिख अखण्डताको चीनले सधै सम्मान गर्ने भन्दै उक्त प्रेस नोटमा चीनले पनि नेपाली भूमि अतिक्रमण गरेको भन्ने भनाइप्रति आपत्ति जनाइएको विज्ञप्तिमा उल्लेख छ। 

‘चीनले पनि नेपाली भूमि अतिक्रमण गरेको दाबी गर्ने हामीले केही गैरजिम्मेवार मिडिया र समूह थाहा पाएका छौं ।  दूतावासका प्रवक्ताले जारी गरेको उक्त नोटमा भनिएको छ, ‘ती आरोप आधारहीन छन् र गलत सहीबीच पूर्णत भ्रम सिर्जना गर्ने र जनताको ध्यान अयन्त्रै मोड्ने चाहाना त्यसमा निहित छ।

चीन र नेपालले सन् १९६१ मा सीमा सन्धिमा हस्ताक्षर गरेयता दुवै पक्षबीच यस सम्बन्धमा राम्रो सहकार्य रहेको चीनले बताएको छ। 

चिनियाँ राष्ट्रपति सी चिनफिङको अघिल्लो महिनाको नेपाल भ्रमणका बेला सीमा व्यवस्थापन प्रणालीमा हस्ताक्षेर  गरेको भन्दै चीनले सीमा क्षेत्रमा हुने बाह्यि हस्तक्षेपलाई निर्मुल पार्न नेपालसँग थप सहकार्य गर्न चाहेको समेत बताइएको छ। 

नेपाल र चीनबीचको सम्बन्धलाई बिगार्ने प्रत्यन सैह्य नहुने चीनको भनाइ छ।

प्रतिकृया दिनुहोस

नेकपामा आन्तरिक किचलो, केन्द्रीय

दसैँभत्ता नलिने नेकपा र कांग्रेसको

तीन मन्त्रीले लिए शपथ

अढाइ वर्षपछि प्रदेश नं ५ ले पायो स्थायी

कांग्रेस सांसदले गरे प्रदेश ५ को प्रदेशसभा

कांग्रेस केन्द्रीय समितिको बैठक असोज

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला