निजामती सेवाका कर्मचारीहरूको  अवकाश अवधि अब स्वास्थ्य सेवाका कर्मचारी सरह 

निजामती सेवाका कर्मचारीहरूको  अवकाश अवधि अब स्वास्थ्य सेवाका कर्मचारी सरह 

काठमाडौं। निजामती कर्मचारीहरूको सेवा अवधि ६० वर्ष कायम हुने भएको छ।

संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बिहिवार सिंहदरबारमा बसेको बैठकले निजामती सेवाको कर्मचारीहरुको सेवा अवधिको उमेर हद पनि ६० वर्ष पुर्‍याउने निर्णय गरेको हो।

निजामती सेवाको कर्मचारीहरूको पनि अवकाश अवधि स्वास्थ्य सेवाका कर्मचारी सरह नै ६० वर्ष पुर्‍याउने निर्णय गरिएको समितिका उपसचिव संजय दाहालले जानकारी दिए।

तर, त्यो हरेक वर्ष ६र६ महिनामा थप गरेर ६० वर्ष पुर्‍याइनेछ।

पदपूर्तिलगायतमा असर नहुने गरी यसको उमेर हद ६र६ महिना थप गरेर ६० वर्ष पुर्‍याउने निर्णय गर्नुपरेको पनि उपसचिव दाहालले बताए।

समितिको बैठकमा ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदा प्रतिवेदन’माथि  पनि छलफल गरिएको थियो।

बैठकले कार्य क्षमता र दुर्गम क्षेत्रमा काम गर्ने कर्मचारीलाई बढुवाका लागि बढी नम्बर दिने सहमति पनि गरेको छ।

प्रतिकृया दिनुहोस

नेकपामा आन्तरिक किचलो, केन्द्रीय

दसैँभत्ता नलिने नेकपा र कांग्रेसको

तीन मन्त्रीले लिए शपथ

अढाइ वर्षपछि प्रदेश नं ५ ले पायो स्थायी

कांग्रेस सांसदले गरे प्रदेश ५ को प्रदेशसभा

कांग्रेस केन्द्रीय समितिको बैठक असोज

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला