स्थानीय तहको ४८ पदमा २८१ जनाको उम्मेदवारी,कहाँ–कहाँ हुँदै छ चुनाव

 स्थानीय तहको ४८ पदमा २८१ जनाको उम्मेदवारी,कहाँ–कहाँ हुँदै छ चुनाव

काठमाडौं। स्थानीय तहमा रिक्त ४८ पदका लागि २८१ जनाको उम्मेद्‌वारी परेको छ। ३५ जिल्लाका ४४ स्थानीय तहमा रिक्त  ४८ पदका लागि २८१ जनाको उम्मेदवारी परेको छ।

निर्वाचन आयोगले बुधवार स्थानीय तहमा रिक्त पदका लागि मनोनयन दर्ताको समय तय गरेपछि ३५ जिल्लाका ४४ स्थानीय तहमा रिक्त  ४८ पदका लागि २८१ जनाको उम्मेद्‌वारी परेको हो।

यसमा राजनीतिक दलको तर्फबाट २१७ र स्वतन्त्रतर्फ ६४ जना छन्। आयोगका अनुसार २८१ उम्मेद्‌वारमध्ये महिला उम्मेद्‌वारको संख्या २६ मात्र छ। बाँकी २५५ जना पुरुष उम्मेद्‌वार छन्। 

स्थानीय तहको उपनिर्वाचनमा सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द समूहदेखि भर्खरै मूलधारमा आएको सिके राउत नेतृत्वको जनमत पार्टीसम्मले उम्मेद्‌वारी दर्ता गराएका छन्।

सुनसरीको धरान उपमहानगरपालिका प्रमुखका लागि राजनीतिक दल र स्वतन्त्रतर्फ गरी २३ जनाको उम्मेद्‌वारी परेको छ। धरान उपमहानगरकै ७ नम्बर वडाको अध्यक्षका लागि चार जनाको उम्मेद्‌वारी परेको छ।

निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार संखुवासभाको मकालु गाउँपालिकाको अध्यक्षका लागि ६, महोत्तरीको पिपरा गाउँपालिका अध्यक्षका लागि २०, पाँचथरको फाल्गुनन्द  गाउँपालिका अध्यक्षका लागि आठ र हुम्लाको खर्पुथान गाउँपालिका उपाध्यक्षका लागि तीनजनाको उम्मेद्‌वारी परेको छ।

वडाध्यक्षतर्फ अछामको मल्लेख गाउँपालिका–५मा दुई, अर्घाखाँचीको मालारानी गाउँपालिका–३ मा तीन, कञ्चनपुरको पुर्नवास नगरपालिका–३ मा पाँच, कपिलवस्तुको शिवराज नगरपालिका–१० मा १२, काठमाडौंको दक्षिणकाली नगरपालिका–३ मा चार, काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–२ मा चार, खोटाङको साकेला गाउँपालिका–३ मा चार, गुल्मीको रुरु गाउँपालिका–६ मा तीन, चितवनको भरतपुर महानगरपालिका–१६ मा पाँच र चितवनकै खैरहनी नगरपालिका–४ मा चार र वडा नम्बर ५ मा पनि चारै जनाको उम्मेद्‌वारी परेको छ।

यसैगरी, डोटीको आदर्श गाउँपालिका–२ मा चार, दाङको घोराही उपमहानगरपालिका–१६ मा सात, नवलपरासीको बुङदीकाली गाउँपालिका–५ मा तीन, पर्साको सखुवा प्रसौनी गाउँपालिका–५ मा पाँच, पाँचथरको फिदिम नगरपालिका–१ मा साथ, पाँचथरकै हिलिहाङ गाउँपालिका–७ मा ६,  प्युठानको ऐरावती गाउँपालिका–१, मा तीन, वडा नम्बर २ मा तीन र प्युठान नगरपालिका–२ मा दुई जनाको उम्मेद्‌वारी परेको छ।

बाँकेको कोहलपुर नगरपालिका–६ मा पाँच, बाग्लुङको बडिगाड गाउँपालिका–२ मा तीन, बाजुराको त्रिवेणी नगरपालिका–१ मा तीन, बाराको बारागढी गाउँपालिका–१ मा नौ, बैतडीको दोगडाकेदार गाउँपालिका–४ मा तीन, सुर्नया गाउँपालिका–१ मा दुई, पुर्चौडी नगरपालिका–४ मा तीन, भोजपुरको पौवादुङमा गाउँपालिका–१ मा तीन, महोत्तरीको बलवा नगरपालिका–२ मा आठ, बलवा नगरपालिका–८ मा १२ र मटिहानी नगरपालिका–६ मा ६ जनाले उम्मेद्‌वारी दर्ता गराएका छन्।

मोरङको धनपालथान गाउँपालिका–२ मा सात, रामेछापको उमाकुण्ड गाउँपालिका–५ मा चार, रोल्पाको थबाङ गाउँपालिका–१ मा तीन, रौतहटको गढीमाई नगरपालिका–२ मा ११,  जमजुङको सुन्दरबजार नगरपालिका–२ मा पाँच, संखुवासभाको खाँदबारी नगरपालिका–३ मा दुई, सप्तरीको छिन्नमस्ता गाउँपालिका–७ मा आठ, सर्लाहीको हरिपूर्वा नगरपालिका–१ मा सात, सल्यानको कुमाखमालिका गाउँपालिका–५ मा पाँच, सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिका–८ मा पाँच र सिराहाको कल्याणपुर नगरपालिका–१२ मा १३ जनाको उम्मेद्वारी परेको निर्वाचन आयोगले जनाएको छ।

यी स्थान लगायत प्रतिनिधिसभा र प्रदेशसभातर्फ १४ मंसीरमा उपनिर्वाचन हुनेछ। प्रतिनिधिसभा र प्रदेसभाका लागि आयोगले उम्मेद्वारहरूलाई २५ कार्तिकमा चुनाव चिन्ह प्रदान गरिसकेको छ।

स्थानीय तहका लागि भने १ मंसीरमा चुनाव चिन्ह प्रदान गर्ने आयोगको कार्यतालिका छ। त्यसअघि २८ कार्तिकमा उम्मेद्वारको विरोधमा उजुरी दिने, २९ गते मनोनयपत्र र उजुरीमाथि जाँचबुझ गर्ने, मनोनयन भएका उम्मेद्वारको नामावली प्रकाशन गर्ने आयोगले जनाएको छ।

आयोगका प्रवक्ता श्रेष्ठका अुनसार ३० कार्तिकमा उम्मेद्वारले नाम फिर्ता लिने समय तोकिएको छ। सोही दिन उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गरिनेछ।    

प्रतिकृया दिनुहोस

नेकपामा आन्तरिक किचलो, केन्द्रीय

दसैँभत्ता नलिने नेकपा र कांग्रेसको

तीन मन्त्रीले लिए शपथ

अढाइ वर्षपछि प्रदेश नं ५ ले पायो स्थायी

कांग्रेस सांसदले गरे प्रदेश ५ को प्रदेशसभा

कांग्रेस केन्द्रीय समितिको बैठक असोज

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला