वंगलादेशका राष्ट्रपति हमिद उच्चस्तरीय भेटघाटमा व्यस्त

वंगलादेशका राष्ट्रपति हमिद उच्चस्तरीय भेटघाटमा व्यस्त

काठमाडौं। नेपाल भ्रमणमा रहेका वंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद र समकक्षी राष्ट्रपति विद्यादेवी भण्डारीबीच आज उच्चस्तरीय वार्ता हुने भएको छ ।

वंगलादेशका राष्ट्रपति हमिदले आज उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।वंगलादेशका राष्ट्रपति हमिदले समकक्षी भण्डारी, उपराष्ट्रपति पुन, प्रधानमन्त्री ओली, प्रतिपक्षी दलका नेता देउवा लगायतसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यतालिका रहेको छ ।

 दिउँसो साढे ४ बजेदेखि ५ बजेसम्म तय भएको भेटवार्तामा आपसी हितका विषयमा कुराकानी हुने बताइएको छ । त्यस्तै राष्ट्रपति भण्डारीले समकक्षी हमिदको  स्वागतमा रात्रिभोज गर्ने कार्यक्रम पनि रहेको छ ।  

यसअघि हमीदसँग उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा लगायतसँग पनि शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ ।

हमिदले दिउँसो २ बजे कांग्रेस सभापति देउवा, पौने ३ बजे प्रधानमन्त्री ओली र सवा ३ बजे उपराष्ट्रपतिसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । त्यस्तै नेकपा अध्यक्ष पुष्पकमल दाहाल र हमिदबीच  पनि  सवा ११ बजे भेटवार्ता हुने  कार्यतालिका तय भएको छ ।  

बंगलादेशका राष्ट्रपति हमिद समकक्षी भण्डारीको निमन्त्रणामा मंगलवार चार दिने राजकीय भ्रमणमा आएका हुन् । 

प्रतिकृया दिनुहोस

नेकपामा आन्तरिक किचलो, केन्द्रीय

दसैँभत्ता नलिने नेकपा र कांग्रेसको

तीन मन्त्रीले लिए शपथ

अढाइ वर्षपछि प्रदेश नं ५ ले पायो स्थायी

कांग्रेस सांसदले गरे प्रदेश ५ को प्रदेशसभा

कांग्रेस केन्द्रीय समितिको बैठक असोज

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला