सिमा विवाद विरुद्ध नेबि संघको प्रर्दशन (भिडियोसहित)

सिमा विवाद विरुद्ध नेबि संघको प्रर्दशन (भिडियोसहित)

काठमाडौं । कालापानी नेपालको भूमि भएकाले तत्काल फिर्ता गर्न सरकारले पहल गर्नुपर्ने भन्दै नेवि संघले सडक आन्दोलन जारी राखेको छ । मंगलबार बिहान नेवि संघ काठमाडौंको अगुवाईमा चावहिलस्थित पशुपति क्याम्पसका विद्यार्थीले लिपुलेक, कालापानीलगायत नेपाली भू–भाग भारतले कब्जा गर्न लागेको भन्दै खवरदारी आन्दोलन गरेका थिए ।

 

ने वि संघ काठमाडौँ जिल्ला र पशुपति बहुमुखी क्याम्पस इकाइको अगुवाईमा भएको विरोध प्रदर्शनमा ‘हाम्रो सीमा हाम्रो देश प्राण भन्दा प्यारो छ’ भन्ने नारासहित नेपालको एक चिम्टी भू–भाग कसैले मिच्न नपाउने, जस्ता नारा लगाएका थिए ।

मित्रपार्कबाट शुरु गरिएको विद्यार्थीहरूको विरोध प्रर्दशन चावहिल चोक परिक्रमा गरी पशुपति क्याम्पसमा आएर कोणसभामा परिणत भएको थियो । कोण सभामा बोल्दै काठमाडौं जिल्ला ने.बि संघका पूर्व अध्यक्ष्य मनोज वैद्यले सिमा विवाद राष्ट्र हितको सवाल भएको बताए ।

उनले सरकारको आलोचना गर्दै छिटो भन्दा छिटो सिमा विवादको बिषयलाई सुल्झाउनु पर्ने बताए । सरकारको खोक्रो राष्ट्रवादको विरुद्ध नेपाल विद्यार्थी संघ सधै डटेर लड्ने उनले बताए ।

भारतीले नक्सामा नेपाली भूमि राखिएको विरोधमा नेवि संघले विरोध गर्दै आएको छ । 

 

भिडियोः स्काई राई

प्रतिकृया दिनुहोस

नेकपामा आन्तरिक किचलो, केन्द्रीय

दसैँभत्ता नलिने नेकपा र कांग्रेसको

तीन मन्त्रीले लिए शपथ

अढाइ वर्षपछि प्रदेश नं ५ ले पायो स्थायी

कांग्रेस सांसदले गरे प्रदेश ५ को प्रदेशसभा

कांग्रेस केन्द्रीय समितिको बैठक असोज

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला