काठमाडौं। नेपालमा थप तीन हजार ५१७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या एक लाख ६८ हजार २३५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अपडेट गरेको कोभिड–१९ सम्बन्धी विवरणमा १४ हजार ९०९ नमूना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको बताइएको छ ।
हाल ३८ ह्जार ३५७ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । मन्त्रालयले पछिल्लो चौबीस घण्टामा चार हजार ९६ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केको जनाएको छ । हालसम्म एक लाख २८ हजार ९५८ सङ्क्रमित निको भएर घर फर्केका छन् ।
काठमाडौं उपत्यकामा पछिल्लो चौबीस घण्टामा कोरोनाभाइरसका एक हजार ८८८ जना सङ्क्रमित थपिएका छन् । मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा गरी एक हजार ८८८ जना नयाँ सङ्क्रमित पहिचान गरिएको जनाएको छ । जसमा महिला ७ सय ८१ जना र पुरुष ११ सय ७ रहेका छन् ।
१६ जनाको मृत्यु
नेपालमा कोरोनाबाट थप १६ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या ९२० पुगेको छ ।
प्रकाशित १४ कार्त्तिक २0७७ , शुक्रबार | 2020-10-30 11:15:20
प्रकाशित ९ असाढ २0७६ , सोमवार
प्रकाशित २५ जेठ २0७६ , शनिबार
प्रकाशित १७ जेठ २0७६ , शुक्रबार