काठमाडौं । नेपालमा थप एक हजार ९५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको संख्या एक लाख ६२ हजार ३५४ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्राडा.जागेश्वर गौतमले दिएको जानकारी अनुसार आठ हजार २४८ जनाको नमूना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।
हाल ३९ ह्जार ६४३ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको छ । मन्त्रालयले पछिल्लो चौबीस घण्टामा दुई हजार ९८१ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केको जनाएको छ । हालसम्म एक लाख २१ हजार ८२४ सङ्क्रमित निको भएर घर फर्केका छन् ।
११ जनाको मृत्यु
पछिल्लो चौबीस घण्टामा ११ जना सङ्क्रमितको मृत्यु भएको छ । यो सँगै कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या ८८७ पुगेको छ ।
काठमाडौं उपत्यकामा ८४३ जना संक्रमित थपिए
पछिल्लो चौबीस घण्टामा काठमाडौं उपत्यकामा थप ८४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाका तीन जिल्लामा ८४३ जनामा सङ्क्रमणको पुष्टि भएको हो । संक्रमित हुनेमा काठमाडौंमा ६९६, ललितपुरमा ११८ र भक्तपुरमा २९ जना छन् ।
प्रकाशित १२ कार्त्तिक २0७७ , बुधबार | 2020-10-28 11:20:49
प्रकाशित ९ असाढ २0७६ , सोमवार
प्रकाशित २५ जेठ २0७६ , शनिबार
प्रकाशित १७ जेठ २0७६ , शुक्रबार