काठमाडौं । नेपालमा थप तीन हजार ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कुल सङ्क्रमितको संख्या एक लाख ३९ हजार १२९ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो नियमित प्रेस ब्रिफ्रिङमा प्रवक्ता प्राडा.जागेश्वर गौतमले दिएको जानकारी अनुसार १३ हजार ५५९ जनाको आरटीपीसीआर परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।
हाल ४१ हजार ७५५ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । । उनीहरु संस्थागत आइसोलेसनमा १३ हजार ५५९ जना रहेका छन् भने २८ हजार १९६ होम आइसोलेसनमा छन् । यस्तै क्वारेन्टाइनमा ४ हजार २२० जना रहेका छन्।
मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा दुई हजार १०८ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । हालसम्म ९६ हजार ६०९ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । निको हुने दर विगतको तुलनामा केही दिनदेखि कम हुँदै गइरहेको छ ।
८ जनाको मृत्यु
पछिल्लो २४ घण्टामा ८ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड(१९ को कारणले मृत्यु हुनेको संख्या ७६५ पुगेको छ । काठमाडौं उपत्यकामा १७ सय संक्रमित
काठमाडौं उपत्यकामा पछिल्लो चौबीस घण्टामा कोरोनाभाइरसका एक हजार ७०२ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा थपिएका सङ्क्रमितमध्ये काठमाडौंमा सबैभन्दा बढी एक हजार ४३१ छन् । ललितपुरमा १२३ र भक्तपुरमा १४८ जना नयाँ सङ्क्रमित पहिचान भएका छन् ।
प्रकाशित ४ कार्त्तिक २0७७ , मङ्गलबार | 2020-10-20 11:38:08
प्रकाशित ९ असाढ २0७६ , सोमवार
प्रकाशित २५ जेठ २0७६ , शनिबार
प्रकाशित १७ जेठ २0७६ , शुक्रबार