काठमाडौं । नेपालमा थप तीन हजार ७९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या एक लाख ३६ हजार ३६ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले दिएको जानकारी अुनसार १५ हजार ७४३ नमूनाको पीसीआर परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो ।
देशभर हाल ४० हजार ७७८ कोरोना सक्रिय संक्रमित छन्। उनीहरु मध्ये संस्थागत आइसोलेसनमा १३ हजार ८५१ जना रहेका छन् भने २६ हजार ९२७ होम आइसोलेसनमा छन् । यस्तै क्वारेन्टाइनमा ४ हजार ४७० जना रहेका छन्।
१८ जनाको मृत्यु
कोरोना भाइरसको सक्रमणबाट पछिल्लो २४ घण्टामा थप १८ जनाको मृत्यु भएको छ । योसँगै अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ७५७ पुगेको छ ।
काठमाडौं उपत्यकामा थपिए २३ सय नयाँ संक्रमित
काठमाडौं उपत्यकामा कोरोनाभाइरसका दुई हजार ३८८ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा थपिएका सङ्क्रमितमध्ये काठमाडौं जिल्लामा सबैभन्दा बढी दुई हजार आठ जना छन् । ललितपुरमा २८१ र भक्तपुरमा ९९ जना नयाँ सङ्क्रमित पहिचान गरिएको मन्त्रालयले जनाएको छ ।
प्रकाशित ३ कार्त्तिक २0७७ , सोमवार | 2020-10-19 11:20:11
प्रकाशित ९ असाढ २0७६ , सोमवार
प्रकाशित २५ जेठ २0७६ , शनिबार
प्रकाशित १७ जेठ २0७६ , शुक्रबार