२९ सयमा कोरोना पुष्टि,संक्रमितको संख्या १ लाख ३२ हजार नाघ्यो

२९ सयमा कोरोना पुष्टि,संक्रमितको संख्या १ लाख ३२ हजार नाघ्यो

काठमाडौं । नेपालमा थप दुई हजार ९४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको संख्या एक लाख ३२ हजार २४६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफ्रिङमा प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले दिएको जानकारी अनुसार १४ हजार ८७५ ओटा नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमण देखिएको हो ।

हाल ३९ हजार ३४१ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । उनीहरू संस्थागत र होम आइसोलेसनामा बसेका छन् । पछिल्लो चौबीस घण्टामा दुई हजार ३२६ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । हालसम्म ९२ हजार १६६ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । निको हुने दर विगतको तुलनामा केही दिनदेखि कम हुँदै गइरहेको छ ।

पछिल्लो २४ घण्टामा  १२ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड(१९ को कारणले मृत्यु हुनेको संख्या ७३९ पुगेको छ ।

काठमाडौं उपत्यकामा १६ संक्रमित

काठमाडौंमा कोरोनाभाइरसका एक हजार ६९८ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा थपिएका सङ्क्रमितमध्ये काठमाडौं जिल्लामा सबैभन्दा बढी एक हजार ४६९ जना छन् । ललितपुरमा १३० र भक्तपुरमा ९९ जना नयाँ सङ्क्रमित पहिचान गरिएको मन्त्रालयले जनाएको छ

प्रतिकृया दिनुहोस

कोरोनाबाट २८ सय २४ संक्रमित,२३ जनाको

३५ सय जनामा कोरोना संक्रमण पुष्टि,१६

१९ सय ५४ जनामा कोरोना संक्रमण

५७ सय जनामा कोरोना संक्रमण पुष्टि,३१

तीन हजार ९३ जना संक्रमित,कुल संक्रमितको

नेपालमा ३७ सय ९० नयाँ संक्रमित

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला