काठमाडौँ । नेपालमा थप ४ हजार ३९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या एक लाख २६ हजार १३७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले दिएको जानकारी अनुसार ३ हजार ५ सय २२ जना कोरोना जितेर घर फर्किएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ८८ हजार ४० जना पुगेको छ ।
२१ जनाको निधन
पछिल्लो २४ घन्टामा नेपालमा थप २१ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ सय १५ पुगेको छ ।
प्रकाशित ३0 आश्विन २0७७ , शुक्रबार | 2020-10-16 10:59:53
प्रकाशित ९ असाढ २0७६ , सोमवार
प्रकाशित २५ जेठ २0७६ , शनिबार
प्रकाशित १७ जेठ २0७६ , शुक्रबार