काठमाडौँ, २८ असोज । नेपाल संयुक्त राष्ट्र संघको मानव अधिकार परिषदको सदस्यमा पुनः निर्वाचित भएको छ । मंगलबार राति राष्ट्र संघ मुख्यालयमा भएको मतदानमा नेपाल निर्वाचित भएको हो ।
१९३ देश सम्मिलित राष्ट्र संघको महासभाले नेपाललाई मानव अधिकार परिषद्मा तीन वर्षको कार्यकालका लागि निर्वाचित गरेको हो । अब सन् २०२३ सम्म नेपाल यसको सदस्य रहने छ ।
नेपाल संयुक्त राष्ट्र संघको मानव अधिकार परिषद्मा नेपालको यो दोस्रो कार्यकाल हो । परिषद्मा कुनै एक राष्ट्र दुई पटकसम्म निवार्चित हुन सक्ने प्रावधान छ ।
परिषद्मा नेपालसंगै चीन, रुस, फ्रान्स, बेलायत, पाकिस्तान, क्यूबा लगायत ४७ देश निर्वाचित भएका छन् । भौगोलिक क्षेत्रको आधारमा हुने निर्वाचनमा नेपाल एसिया– प्रशान्त क्षेत्रबाट निर्वाचित भएको हो ।
नेपाल सन् २०१८ देखि यसको सदस्य रहँदै आएको छ । मतदानमा नेपालले १५० मत प्राप्त गरेको थियो ।
प्रकाशित २८ आश्विन २0७७ , बुधबार | 2020-10-14 11:54:04
प्रकाशित ९ असाढ २0७६ , सोमवार
प्रकाशित २५ जेठ २0७६ , शनिबार
प्रकाशित १७ जेठ २0७६ , शुक्रबार