काठमाडौं । नेपालमा थप २ हजार ६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको संख्या १ लाख १७ हजार ९९६ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफ्रिङमा प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले दिएको जानकारी अनुसार २४ घण्टामा १३ हजार ९४७ पीसीआर परीक्षण गर्दा उनीहरूमा संक्रमण पुष्टि भएको हो ।
हाल देशभर ३६ हजार ३६७ सक्रिय संक्रमित रहेका छन् । उनीहरू संस्थागत र होम आइसोलेसनमा बसेका छन् । २४ घण्टामा २ हजार १७४ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या ८० हजार ९५४ रहेको छ ।
२४ घण्टामा १२ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ सय ७५ पुगेको छ ।
उपत्यकामा १४ सय संक्रमित थपिए
काठमाडौं उपत्यकामा कोरोनाभाइरसका एक हजार ४०३ जनामा सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा उपत्यकाका तीन जिल्ला काठमाडौंमा एक हजार ९९६, ललितपुरमा ३०५ र भक्तपुरमा १०२ मा सङ्क्रमण पुष्टि भएको हो ।
प्रकाशित २८ आश्विन २0७७ , बुधबार | 2020-10-14 11:33:15
प्रकाशित ९ असाढ २0७६ , सोमवार
प्रकाशित २५ जेठ २0७६ , शनिबार
प्रकाशित १७ जेठ २0७६ , शुक्रबार