काठमाडौं । नेपालमा थप तीन हजार ५५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको संख्या एक लाख १५ हजार ३५८ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रेस ब्रिफिङमा पछिल्लो २४ घण्टामा १५ हजार ५७७ जनाको नमूना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।
हाल ३५ हजार देशभर ९१५ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । उनीहरु मध्ये संस्थागत आइसोलेशनमा १५ हजार ४८ जना रहेका छन् भने होम आइसोलेशनमा २० हजार आठ सय ६७ जना छन् । यस्तै क्वारेन्टाइनमा चार हजार ७९५ जना रहेका छन्।
पछिल्लो २४ घण्टामा एक हजार ५० जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । हालसम्म ७८ हजार ७८७ सङ्क्रमित निको भएर घर फर्केका छन् ।
१८ जनाको मृत्यु
पछिल्लो २४ घण्टामा १८ जनाको कोरोना भाइरसका कारणले मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड १९ को कारणले मृत्यु हुनेको संख्या ६६३ पुगेको छ ।
उपत्यकामा २१ सय २९ संक्रमित
काठमाडौं उपत्यकामा मात्र २१ सय २९ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरु मध्ये काठमाडौंमा १७ सय ४६ जना रहेका छन्। ललितपुरमा २१६ र भक्तपुरमा १६७ मा सङ्क्रमणको पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
प्रकाशित २७ आश्विन २0७७ , मङ्गलबार | 2020-10-13 11:28:08
प्रकाशित ९ असाढ २0७६ , सोमवार
प्रकाशित २५ जेठ २0७६ , शनिबार
प्रकाशित १७ जेठ २0७६ , शुक्रबार