काठमाडौं। नेपालमा थप चार हजार ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितहरूको संख्या एक लाख ११ हजार दुई जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले दिएको जानकारी अनुसार १४ हजार ५३० जनाको नमूना परीक्षण गर्दा उनीहरूमा संक्रमण पुष्टि भएको हो ।
हाल ३३ हजार ८८० जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । संस्थागत आइसोलेसनमा १३ हजार ९२३ र होम आइसोलनसनमा १९ हजार ९५७ जना छन् । क्वारेन्टाइनमा चारहजार ८३१ छन् ।
मन्त्रालयका अनुसार आइसीयूमा २७९ जना र भेन्टिलेटरमा ६७ संक्रमितको उपचार भइरहेको छ । पछिल्लो चौबीस घण्टामा एक हजार ४७३ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । हालसम्म ७७ हजार २७७ सङ्क्रमित निको भएर घर फर्केका छन् । निको हुने दर विगतको तुलनामा केही दिनदेखि कम हुँदै गइरहेको छ । अहिले ६९.१२ प्रतिशत छ ।
पछिल्लो २४ घण्टामा ९ जनाको कोरोना भाइरसका कारणले मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड १९ को कारणले मृत्यु हुनेको संख्या ६४५ पुगेको छ ।
उपत्यकामा २ हजार २८३ जना संक्रमित थपिए
काठमाडौं उपत्यकामा कोरोनाभाइरसका दुई हजार २८३ जनामा सङ्क्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा उपत्यकाका तीन जिल्लामा दुई हजार २८३ जना सङ्क्रमित थपिएका छन् । मन्त्रालयले काठमाडौंमा एक हजार ८८८, ललितपुरमा २७७ र भक्तपुरमा ११८ मा सङ्क्रमण पुष्टि भएको जनाएको छ ।
प्रकाशित २६ आश्विन २0७७ , सोमवार | 2020-10-12 11:31:01
प्रकाशित ९ असाढ २0७६ , सोमवार
प्रकाशित २५ जेठ २0७६ , शनिबार
प्रकाशित १७ जेठ २0७६ , शुक्रबार