काठमाडौं। नेपालमा थप पाँच हजार आठ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कुल सङ्क्रमित एक लाख पाँच हजार ६८४ पुगेको छ । एकै दिन यतिका संक्रमित देखिएको यो पहिलो हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा.जागेश्वर गौतमका अनुसार पछिल्लो चौबीस घण्टामा १९ हजार ३२० जनाको नमूना परीक्षण गरिएको थियो ।
हाल ३० हजार ८१८ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । मन्त्रालयले पछिल्लो चौबीस घण्टामा एक हजार २२९ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । हालसम्म ७४ हजार २५२ सङ्क्रमित निको भएर घर फर्केका छन् । जुन कुल सङ्क्रमितको करिब ७०.२ प्रतिशत हो ।
काठमाडौंमा दुई हजार एक सय संक्रमित
काठमाडौं उपत्यकामा पछिल्लो चौबीस घण्टामा कोरोनाभाइरसका दुई हजार ६७२ जना सङ्क्रमित थपिएका छन् । उपत्यकामा थपिएका सङ्क्रमितमध्ये काठमाडौं जिल्लामा सबैभन्दा बढी दुई हजार एक सय जना छन् । मन्त्रालयले उपत्यकाका तीन जिल्लामध्ये काठमाडौंमा दुई हजार एक सय, ललितपुरमा ३६९ र भक्तपुरमा २०३ जना नयाँ सङ्क्रमित पहिचान गरिएको जनाएको छ ।
प्रकाशित २४ आश्विन २0७७ , शनिबार | 2020-10-10 11:41:01
प्रकाशित ९ असाढ २0७६ , सोमवार
प्रकाशित २५ जेठ २0७६ , शनिबार
प्रकाशित १७ जेठ २0७६ , शुक्रबार