कोरोना संक्रमितको संख्या एक लाख नाघ्यो,आज दुई हजार ५९ जनामा कोरोना

कोरोना संक्रमितको संख्या एक लाख नाघ्यो,आज दुई हजार ५९ जनामा कोरोना

काठमाडौं । नेपालमा थप दुई हजार ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोसँगै सङ्क्रमितको संख्या एक लाख  ६७६ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार १३ हजार २७९ ओटा नमूनाको परीक्षण गरिएकोमा सो संख्यामा सङ्क्रमित थपिएका हुन् ।

देशभर हाल २७ हजार ५३ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको मन्त्रालयले जानकारी दिएको छ । उनीहरू होम  र संस्थागत आइसोलेसनमा बसेका छन् । क्वारेन्टिनमा चार हजार ७०३ छन् ।

पछिल्लो चौबीस घण्टामा एक हजार ६८० जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । हालसम्म  ७३ हजार २३ जना सङ्क्रमित निको भएर घर फर्केका छन् ।

मृत्यु

पछिल्लो चौबीस घण्टामा १० जनाको कोरोना भाइरसका कारणले मृत्यु भएको छ । योसँगै नेपालमा कुल छ सय जनाको मृत्यु भइसकेको छ । उपत्यकामा १७ सय ९ जना संक्रमित थपिए

काठमाडौं उपत्यकामा कोरोनाभाइरसका एक हजार ७०९ जनामा सङ्क्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाका तीन जिल्लामा यतिका संख्यामा सङ्क्रमित थपिएका हुन् ।

मन्त्रालयले काठमाडौंमा एक हजार हजार ११६, ललितपुरमा १६३ र भक्तपुरमा ११६ मा सङ्क्रमणको पुष्टि भएको जनाएको छ । पछिल्ला दिनमा उपत्यकामा संक्रमितको दर निकै उच्च देखिएकाले सचेत हुन मन्त्रालयले अनुरोध गरेको छ ।

प्रतिकृया दिनुहोस

३५ सय जनामा कोरोना संक्रमण पुष्टि,१६

१९ सय ५४ जनामा कोरोना संक्रमण

५७ सय जनामा कोरोना संक्रमण पुष्टि,३१

तीन हजार ९३ जना संक्रमित,कुल संक्रमितको

नेपालमा ३७ सय ९० नयाँ संक्रमित

२९ सयमा कोरोना पुष्टि,संक्रमितको संख्या

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला