काठमाडौं उपत्यकामा एक हजार १७ सहित १५ सय १५ जना कोरोना संक्रमित थपिए

 काठमाडौं उपत्यकामा एक हजार १७ सहित १५ सय १५ जना कोरोना संक्रमित थपिए

काठमाडौं । नेपालमा थप एक हजार ५५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कारोना संक्रमितको संख्या ९० हजार ८१४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफ्रिङमा प्रवक्ता जागेश्वर गौतमले दिएको जानकारी पछिल्लो २४ घण्टामा ११ हजार ४७ जनाको आरटीपीसीआर परीक्षण गरिएको थियो ।

मन्त्रालयले पछिल्लो चौबीस घण्टामा दुई हजार ३४०  जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । हालसम्म ६७ हजार ५४२  सङ्क्रमित निको भएर घर फर्केका छन् ।

देशभर हाल २२ हजार ७०९ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । सङ्क्रमित मध्ये २४३ जना आइसीयू र ४० जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जानकारी दिएको छ ।

पछिल्लो चौबीस घण्टामा कोरोना संक्रमणका नौजनाको मृत्यु भएको छ । कोरोना भाइरसको कारणले मृत्यु हुनेको संख्या ५६३ पुगेको छ ।

उपत्यकामा जोखिम बढ्दै

काठमाडौं उपत्यकामा कोरोनाभाइरसका एक हजार १७ जनामा सङ्क्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा उपत्यकाका तीन जिल्ला काठमाडौं,भक्तपुर र ललितपुरमा ती संक्रमित थपिएका हुन् । काठमाडौंमा ७८३, ललितपुरमा ११६ र भक्तपुरमा ११८ मा सङ्क्रमणको पुष्टि भएको मन्त्रालयको तथ्याङ्क छ ।

 

प्रतिकृया दिनुहोस

कोरोनाबाट २८ सय २४ संक्रमित,२३ जनाको

३५ सय जनामा कोरोना संक्रमण पुष्टि,१६

१९ सय ५४ जनामा कोरोना संक्रमण

५७ सय जनामा कोरोना संक्रमण पुष्टि,३१

तीन हजार ९३ जना संक्रमित,कुल संक्रमितको

नेपालमा ३७ सय ९० नयाँ संक्रमित

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला