काठमाडौं । देशभर थप दुई हजार ४४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार पछिल्लो चौबीस घण्टामा १३ हजार ७८१ जनाको नमूना परीक्षण गर्दा ती व्यक्तिमा संक्रमण पुष्टि भएको हो ।
योसँगै सङ्क्रमितको संख्या कुल ८९ हजार २६३ पुगेको छ । हाल २३ हजार ५०७ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको छ । मन्त्रालयले पछिल्लो चौबीस घण्टामा एक हजार १३३ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । हालसम्म ६५ हजार २०२ सङ्क्रमित निको भएर घर फर्केका छन् ।
प्रकाशित १९ आश्विन २0७७ , सोमवार | 2020-10-05 11:12:22
प्रकाशित ९ असाढ २0७६ , सोमवार
प्रकाशित २५ जेठ २0७६ , शनिबार
प्रकाशित १७ जेठ २0७६ , शुक्रबार