कोरोना ‘हट स्पट’ बन्दै संघीय राजधानी काठमाडौं पाँच दिनमा ५ हजार १६७ नयाँ संक्रमित थपिए

कोरोना ‘हट स्पट’ बन्दै संघीय राजधानी काठमाडौं पाँच दिनमा ५ हजार १६७ नयाँ संक्रमित थपिए

काठमाडौं । पछिल्ला केहीदिन यता संघीय राजधानी काठमाडौं कोरोना संक्रमणको ‘हट स्पट’ बन्दै गएको छ । पछिल्लो पाँच दिनमा मात्र उपत्यकामा ६ हजार २५८ जना संक्रमित थपिएका छन् ।

उपत्यकाका तीन जिल्ला काठमाडौं,भक्तपुर र ललितपुर मध्ये सबैभन्दा बढी जोखिममा काठमाडौं छ । सो अवधिमा काठमाडौंमा मात्र ५ हजार १६७ जना संक्रमित थपिएका छन् । काठमाडौंमा औसत दैनिक १ हजार जना संक्रमित थपिने गरेका छन् । 

ललितपुरमा ६३८ र भक्तपुरमा ४५३ जना संक्रमित थपिएका छन् ।  लकडाउन खुलेपछि जना बस्ती भएका ठाँउमा आवत–जावत बढेसँगै संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयका विज्ञको भनाइ छ ।   

आइतबार

उपत्यकामा आइतबार थप १५९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सो दिन काठमाडौंमा १३७३ जना, ललितपुरमा १८७ जना र भक्तपुरमा ३९ जनामा संक्रमण देखिएको छ।

शनिबार

काठमाडौं उपत्यकामा मात्र ११ सय ७७ जनामा संक्रमण पुष्टि भएको छ। जसमध्ये काठमाडौंमा एक हजार, भक्तपुरमा ६७ र ललितपुरमा १०९ जना थपिएका थिए ।

शुक्रबार

शुक्रबार उपत्यकका तीन जिल्लामा १,६३८ जनामा कोरोना पुष्टि भएको छ । काठमाडौंमा १२८०,भक्तपुरमा १९६ र ललितपुरमा १६२ जनामा कोरोना संक्रमण देखिएको प्रवक्ता गौतमले जानकारी दिएका छन् ।

बिहीबार

संक्रमित हुनेमा ९४३ जना काठमाडौं उपपत्यकका छन् । काठमाडौंमा सबैभन्दा बढी ८१७ जना संक्रमित देखिएका छन् । भक्तपुरमा ५८ र ललीतपुरमा ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  

बुधबार

उपत्यकामा थपिए ९०२ बिहीबार काठमाडौं उपत्यकामा थप ९०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकाका काठमाडौंमा ६९७, ललितपुरमा ११२ र भक्तपुरमा ९३ मा सङ्क्रमण पुष्टि भएको हो ।

 

 

प्रतिकृया दिनुहोस

कोरोनाबाट २८ सय २४ संक्रमित,२३ जनाको

३५ सय जनामा कोरोना संक्रमण पुष्टि,१६

१९ सय ५४ जनामा कोरोना संक्रमण

५७ सय जनामा कोरोना संक्रमण पुष्टि,३१

तीन हजार ९३ जना संक्रमित,कुल संक्रमितको

नेपालमा ३७ सय ९० नयाँ संक्रमित

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला