काठमाडौं । नेपालमा थप एक हजार ९११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल सङ्क्रमित ७९ हजार ७२८ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा १२ हजार ४४४ जनाको नमूना जाँच गर्दा यतिको संख्यामा संक्रमित देखिएका हुन् ।
मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार संक्रमित हुनेमा ९४३ जना काठमाडौं उपपत्यकका छन् । काठमाडौंमा सबैभन्दा बढी ८१७ जना संक्रमित देखिएका छन् । भक्तपुरमा ५८ र ललीतपुरमा ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
हाल २१ ह्जार ८३० जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको छ ।
मन्त्रालयले पछिल्लो चौबीस घण्टामा ९६१ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । हालसम्म ५७ हजार ३८९ सङ्क्रमित निको भएर घर फर्केका छन् ।
मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टा अवधिमा ११ जना सङ्क्रमितको मृत्यु भएको छ । यो सँगै कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या ५०९ पुगेको छ ।
प्रकाशित १५ आश्विन २0७७ , बिहिबार | 2020-10-01 01:38:16
प्रकाशित ९ असाढ २0७६ , सोमवार
प्रकाशित २५ जेठ २0७६ , शनिबार
प्रकाशित १७ जेठ २0७६ , शुक्रबार