१५ सय ५९ जनामा कोरोना संक्रमण,संक्रमितको संख्या ७८ हजार नजिक

१५ सय ५९ जनामा कोरोना संक्रमण,संक्रमितको संख्या ७८ हजार नजिक

काठमाडौं । नेपालमा थप एक हजार ५५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या ७७ हजार ८१७  पुगेको छ ।  

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा १२ हजार २०५ ओटा नमूना परीक्षण गरिएको थियो । ती मध्ये १५ सय ५९ जनामा संक्रमण पुष्टि भएको हो ।

 हाल नेपालमा २० हजार ८९१ जनामा कोरोनाभाइरसको सङ्क्रमण सक्रिय रहेको जनाएको छ । पछिल्लो चौबीस घण्टामा एक हजार ५७ जना कोरोनाभाइरस सङ्क्रमित निको भएर घर फर्केका छन् ।

हालसम्म ५६ हजार ४२८ जना सङ्क्रमित निको भएका छन् ।  योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमणमुक्त हुने दर ७२.५१ प्रतिशत पुगेको छ ।

पछिल्लो चौबीस घण्टामा सात जना सङ्क्रमितको निधन भएको छ । योसँगै नेपालमा अहिलेसम्म कोरोनाका कारणले मृत्यु हुनेको संख्या ४९८ पुगेको छ । योसँगै मृत्युदर शून्य दशमलव ६४ पुगेको मन्त्रालयले जनाएको छ ।

उपत्यकामा थपिए ९०२ बिहीबार काठमाडौं उपत्यकामा थप ९०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकाका काठमाडौंमा ६९७, ललितपुरमा ११२ र भक्तपुरमा ९३ मा सङ्क्रमण पुष्टि भएको हो ।

 

प्रतिकृया दिनुहोस

कोरोनाबाट २८ सय २४ संक्रमित,२३ जनाको

३५ सय जनामा कोरोना संक्रमण पुष्टि,१६

१९ सय ५४ जनामा कोरोना संक्रमण

५७ सय जनामा कोरोना संक्रमण पुष्टि,३१

तीन हजार ९३ जना संक्रमित,कुल संक्रमितको

नेपालमा ३७ सय ९० नयाँ संक्रमित

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला