काठमाडौं । नेपालमा थप एक हजार ५१३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमका अनुसार दश हजार ८९१ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा ती संक्रमित भेटिएका हुन् । योसँगै सङ्क्रमितको संख्या ७६ हजार २५८ पुगेको छ ।
प्रवक्ता गौतमका अनुसार हाल नेपालमा २० हजार ३९६ जनामा कोरोनाभाइरसको सङ्क्रमण सक्रिय छ । पछिल्लो चौबीस घण्टामा ७३१ ज्ना कोरोना भाइरस सङ्क्रमित निको भएर घर फर्केका छन् । हालसम्म ५५ हजार ३७१ जना सङ्क्रमित निको भएका छन् ।
प्रकाशित १३ आश्विन २0७७ , मङ्गलबार | 2020-09-29 11:05:07
प्रकाशित ९ असाढ २0७६ , सोमवार
प्रकाशित २५ जेठ २0७६ , शनिबार
प्रकाशित १७ जेठ २0७६ , शुक्रबार