काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप दश जनाको मृत्यु भएको छ । योसँगै कोरानाबाट मृत्यु हुनेको संख्या ४७७ पुगेको छ । स्वासथ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृत्यु हुनेमा काठमाडौं उपत्यकामा ५ जना छन् ।
काठमाडौंमा एक महिलासहित ३ जना र ललितपुरमा २ पुरुष गरी जम्मा ५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
थप १५ सय ७३ जनमा संक्रमण
देशभर कोभिड–१९ का एक हजार ५७३ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले दिएको जानकारी अनुसार चौबीस घण्टामा १० हजार १२३ वटा नमूना परीक्षण गरिएको हो । योसँगै नेपालमा नौ लाख ८८ हजार ३२७ ओटा आरटी पीसीआर परीक्षण भएको छ । थपिएका नयाँ सङ्क्रमितसँगै कुल सङ्क्रमित ७३ हजार ३९४ पुगेको छ ।
मन्त्रालयका अनुसार ८८५ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । यससँगै निको भएकाको संख्या ५३ हजार ८९८ पुगेको छ । कोरोना संक्रमणमुक्त हुने दर ७३।४४ प्रतिशत पुगेको छ । अहिले देशभर सक्रिय सङ्क्रमितको संख्या १९ हजार १९ पुगेको छ । क्वारेन्टिनमा छ हजार २८१ जना छन् । भेन्टिलेटरमा रहेर ३३ जनाको उपचार भइरहेको छ । यस्तै, २२५ जना आइसीयूमा रहेर उपचार भइरहेको छ ।
प्रकाशित ११ आश्विन २0७७ , आइतबार | 2020-09-27 11:26:38
प्रकाशित ९ असाढ २0७६ , सोमवार
प्रकाशित २५ जेठ २0७६ , शनिबार
प्रकाशित १७ जेठ २0७६ , शुक्रबार