१२ सय सात जनामा कोरोना संक्रमण

१२ सय सात जनामा कोरोना संक्रमण

काठमाडौं । नेपालमा थप एक हजार २०७ जनामा कोराना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो अपडेट अनुसार दश हजार १९ जनामा गरिएको पीसीआर परीक्षण गर्दा उनीहरूमा संक्रमण पुष्टि भएको हो । योसहित सङक्रमितको संख्या ७१ हजार ८२१ पुगेको छ ।

मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता जागेश्वर गौतमले दिएको जानकारी अनुसार ७९६ पुरुष र ४११ महिलामा सङ्क्रमण पुष्टि भएको हो । नयाँ संक्रमित मध्ये आधाभन्दा वढी काठमाडौँमा उपत्यकामा रहेका छन् । उपत्यकामा ७२४ जना नयाँ संक्रमित थपिएका छन् । काठमाडौँमा ५८३, ललितपुरमा ७८ र भक्तपुरमा ६३ सङ्क्रमित थपिएका छन् ।

चौबीस घण्टामा एक हजार १४७ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । हालसम्म ५३ हजार १३ जना सङ्क्रमित निको भइसकेका छन् । देशभर १८ हजार ३४१ जनामा कोरोनाभाइरसको सङ्क्रमण सक्रिय छ ।

कहाँ कति संक्रमित थपिए स्वास्थ्य तथा जनसंख्या मन्त्रालका अनुसार मोरङमा ७८, रुपन्देहीमा ७३, बाँकेमा ३०, दाङमा २८, पर्सामा २४, सुनसरीमा २३, मकवानपुर र काभ्रेपलाञ्चोकमा १७र१७, डोटी र सिन्धुलीमा १५र१५ तथा अछाममा १३ जनामा सङ्क्रमण पुष्टि छ ।

यसैगरी चितवनमा १२, सप्तरीमा ११, नवलपरासी र कास्कीमा १०/१०, बर्दिया, रामेछाप, धादिङ र झापामा सात/सात, रोल्पा र रौटहटमा छ/छ, दार्चुला, प्यूठान र गुल्मीमा पाँच/पाँच, स्याङ्जा, तनहुँ, सिन्धुपाल्चोक, सर्लाही, बारा र धनुषामा चार/चार, पाल्पा, कपिलवस्तु र गोरखामा तीनरतीन, बझाङ, अर्घाखाँची, नुवाकोट र भोजपुरमा दुई/दुई, सल्यान, कञ्चनपुर, बैतडी, नवलपरासी पूर्व, लमजुङ, बाग्लुङ, दोलखा, सिरहा, महोत्तरी, सोलुखुम्बु र उदयपुरमा एक/एक सङ्क्रमित थपिएका छन् ।

आठको मृत्यु

पछिल्लो २४ घन्टामा आठ पुरुषको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ । काठमाडौँका दुई, सप्तरी, भक्तपुर, मकवानपुर, ललितपुर, रुपन्देही र कैलालीका एकरएक जनाको कोरोनाबाट मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ४६७ पुगेको छ । कुल सङ्क्रमित ०.६५ प्रतिशतको ज्यान गएको छ ।

विश्वभर हालसम्म तीन करोड २७ लाख ७० हजार ९९४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमितमध्ये नौ लाख ९३ हजार ५५५ को ज्यान गएको छ भने दुई करोड ४१ हजार ७९ हजार ७६ जना निको भएका छन् ।

प्रतिकृया दिनुहोस

कोरोनाबाट २८ सय २४ संक्रमित,२३ जनाको

३५ सय जनामा कोरोना संक्रमण पुष्टि,१६

१९ सय ५४ जनामा कोरोना संक्रमण

५७ सय जनामा कोरोना संक्रमण पुष्टि,३१

तीन हजार ९३ जना संक्रमित,कुल संक्रमितको

नेपालमा ३७ सय ९० नयाँ संक्रमित

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला