काठमाडौं । नेपालमा थप एक हजार ३१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै सङ्क्रमितको संख्या ७० हजार ६१४ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा.जागेश्वर गौतमका अनुसार पछिल्लो चौबीस घण्टामा घण्टामा १२ हजार २६२ ओटा नमूना परीक्षण गरिएको थियो ।
नयाँ संक्रमित मध्ये ६४५ जना काठमाडौं उपत्यकाका रहेका छन् । जसमा काठमाडौंका ५०३ भक्तपुरका ५१ र ललितपुरका ९१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। चौबीस घण्टामा एक हजार ४५५ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । यससँगै निको भएकाको संख्या ५१ ह्जार ८६६ पुगेको छ । कोरोना संक्रमणमुक्त हुने दर ७३.४ प्रतिशत रहेको प्रवक्ता गौतमले जानकारी दिए ।
हाल १८ हजार २८९ जनामा कोरोना भाइरसको सङ्क्रमण सक्रिय रहेको जनाएको छ । उनीहरु मध्ये होम आइसोलेसनमा दश हजार ५२ जना रहेका छन भने बाँकी संस्थागत आइसोलेसनमा छन् । क्वारेन्टिनमा छ हजार ४६४ जना छन् ।
६ जनाको मृत्यु
पछिल्लो चौबीस घण्टामा ६ जनाको मृत्यु भएको छ । हिजो सबैभन्दा बढी नेपालमा १७ जनाको संक्रमितको मृत्यु भएको थियो । योसँगै नेपालमा कुल मृत्यु हुनेको संख्या ४५९ पुगेको छ ।
प्रकाशित ९ आश्विन २0७७ , शुक्रबार | 2020-09-25 12:17:56
प्रकाशित ९ असाढ २0७६ , सोमवार
प्रकाशित २५ जेठ २0७६ , शनिबार
प्रकाशित १७ जेठ २0७६ , शुक्रबार