कोरोना संंक्रमितको संख्या ७० हजार नजिक,निको हुने ५० हजार नाघे

 कोरोना संंक्रमितको संख्या ७० हजार नजिक,निको हुने ५० हजार नाघे

काठमाडौं । नेपालमा कोरानो भाइसरबाट संक्रमण हुनेको संख्या ७० हजार नजिक पुगेको छ । बिहीबार देशभरका विभिन्न प्रयोगशालामा गरिएको कोरोना परीक्षणमा थप एक हजार ४९७ जनामा संक्रमण पुष्टि भएसँगै यो संख्या ६९ हजार ३०१ पुगेको हो ।  

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ११ हजार ४४९ ओटा नमूना परीक्षण गर्दा एक हजार ४९७ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार हाल १८ हजार ४३७ जनामा सङ्क्रमण सक्रिय छ । उनीहरु मध्ये संस्थागत आइसोलेसनमा आठ हजार ६१४ जना र होम आइसोलेसनमा नौ हजार ८२३  संक्रमित रहेका छन् ।  

पछिल्लो २४ घण्टामा ४५७ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । योसँगै अहिलेसम्म कुल ५० हजार ४११  जना निको भएका छन् । कोरोना संक्रमणमुक्त हुने दर ७२.७ प्रतिशत पुगेको प्रवक्ता गौतमले बताए । हाल क्वारेन्टिनमा छ हजार ५६५ जना रहेका छन् ।

 

प्रतिकृया दिनुहोस

कोरोनाबाट २८ सय २४ संक्रमित,२३ जनाको

३५ सय जनामा कोरोना संक्रमण पुष्टि,१६

१९ सय ५४ जनामा कोरोना संक्रमण

५७ सय जनामा कोरोना संक्रमण पुष्टि,३१

तीन हजार ९३ जना संक्रमित,कुल संक्रमितको

नेपालमा ३७ सय ९० नयाँ संक्रमित

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला