एक हजार १७२ जनामा कोरोना संक्रमण,६३७ जना उपत्यकामा

    एक हजार १७२ जनामा कोरोना संक्रमण,६३७ जना उपत्यकामा

काठमाडौं । नेपालमा थप एक हजार १७२ जनामा कारोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल सङ्क्रमितको संख्या ६७ हजार ८०४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार नयाँ संक्रमित हुनेमा काठमाडौं उपत्यकामा मात्र ६३७ जना रहेका छन् । यो पछिल्लो २४ घण्टामा संक्रमित हुनेहरू मध्ये आधा भन्दा वढी हो । पछिल्लो अपडेट अनुसार काठमाडौंमा ४९२, ललितपुरमा ५० र भक्तपुरमा ९५ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा एक हजार ८९२ सङ्क्रमित निको भएर घर फर्केका छन् । हालसम्म कुल ४९ हजार ९५४ जना निको भएका छन् । कोरोना संक्रमणमुक्त हुने दर ७२  प्रतिशत पुगेको डा.प्रवक्ताले बताएका छन् । हाल १७ हजार ४१४ जनामा सङ्क्रमण सक्रिय  छ । आइसोलेसनमा कुल १७ हजार ४१४ पुगेको छ ।

क्वारेन्टिनमा सात हजार १०४ जना छन् । पछिल्लो चौबीस घण्टामा ७ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कुल मृत्यु हुनेको संख्या ४३६ पुगेको छ ।

प्रतिकृया दिनुहोस

कोरोनाबाट २८ सय २४ संक्रमित,२३ जनाको

३५ सय जनामा कोरोना संक्रमण पुष्टि,१६

१९ सय ५४ जनामा कोरोना संक्रमण

५७ सय जनामा कोरोना संक्रमण पुष्टि,३१

तीन हजार ९३ जना संक्रमित,कुल संक्रमितको

नेपालमा ३७ सय ९० नयाँ संक्रमित

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला