थप एक हजार ३५६ जनामा कोराना पुष्टि,उपत्यकामा ६४७

  थप एक हजार ३५६ जनामा कोराना पुष्टि,उपत्यकामा ६४७

काठमाडौं । देशभरका विभिन्न प्रयोगशालामा गरिएको कोरोना भाइरस परिक्षणमा थप एक हजार ३५६ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल सङ्क्रमितको संख्या ६६ हजार ६३२ जना पुगेको  छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा पछिल्लो चौबीस घण्टामा एक हजार ३५६ जना सङ्क्रमित थपिएका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिएका छन् । पछिल्लो २४ घन्टामा ११ हजार १५४ जनाको पीसीआर परीक्षण गरिएको छ।

प्रवक्ता गौतमका अनुसार हाल १८ हजार १४२ कोरोनाका सक्रिय संक्रमित छन् । २४ घण्टामा ८२३ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। योसँगै कुल डिस्चार्ज हुनेको संख्या ४८ हजार ६१ पुगेको छ। कोरोना संक्रमणमुक्त हुने दर ७२  प्रतिशत पुगेको छ ।

हाल आइसोलेसनमा कुल १८ हजार १४२ पुगेको छ । क्वारेन्टिनमा सात हजार १७१ जना छन् । देशभर संक्रमित भएर आइसीयूमा रहेर २२३ जनाले उपचार गराइरहनुभएको छ भने भेन्टिलेटरमा ३७ जना पुगेको छ ।

पछिल्लो चौबीस घण्टामा दुई जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कुल मृत्यु हुनेको संख्या ४२९ पुगेको छ ।

उपत्यकामा थप ६४७ जनामा कोरोना संक्रमण

मन्त्रालयका अनुसार काठमाडौंका ५११, भक्तपुरका ६३  र ललितपुरका ७३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

प्रतिकृया दिनुहोस

कोरोनाबाट २८ सय २४ संक्रमित,२३ जनाको

३५ सय जनामा कोरोना संक्रमण पुष्टि,१६

१९ सय ५४ जनामा कोरोना संक्रमण

५७ सय जनामा कोरोना संक्रमण पुष्टि,३१

तीन हजार ९३ जना संक्रमित,कुल संक्रमितको

नेपालमा ३७ सय ९० नयाँ संक्रमित

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला