चार महिना लामो लकडाउन आंशिक अन्त्य

  चार महिना लामो लकडाउन आंशिक अन्त्य

काठमाडौं । सरकारले चार महिनादेखि जारी लकडाउन अन्त्य भएको बताएको छ ।

कोरोना रोकथाम एवम् नियन्त्रणका लागि चैत ११ गतेदेखि जारी लकडाउन अन्त्य गरिएको सरकारका प्रवक्ता एवम् अर्थमन्त्री डा.युवराज खतिवडाले मंगलबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।  

सरकारले पछिल्लो समय थपेको लकडाउनको अवधि मंगलबार राति १२ सम्म थियो । मन्त्री खतिवडाले पत्रकार सम्मेलनमा भने,‘अब लकडाउनमा छौ भन्न परेन ।’  लकडाउनले मनोवैज्ञानिक त्रास दिएको र बहानाबाजी पनि भएको भन्दै उनले यसलाई अन्त्य गरिएको बताएका हुन् ।

साउन १५ गतेदेखि होटल, रेष्टुरेन्ट सञ्चालन गर्न पाउने र ट्राभल, टे«किङ र पर्वतारोहनको लागि बुकिगं खुला हुनेछ । तर,सामूहिक रुपमा भेला हुने जस्ता कुनै पनि कार्यक्रमहरु होटल र रेष्टुरेन्टमा गर्न नपाइने मन्त्री खतिवडाले जानकारी दिएका छन् । यसरी खोलिने होटल रेष्टुरेण्टहरुले स्वास्थ्यसम्बन्धी मापदण्डको पूर्ण पालनान गर्नुपर्नेछ ।

सरकारले भदौ १ गतेदेखि शैक्षिक कार्यक्रम स्वरुप विद्यालयमा विद्यार्थी भर्ना र क्याम्पसमा परीक्षा सञ्चालन गर्न सकिनेछ जनाएको छ ।  देशभर छोटो, मझौला र लामो दुरीको यातायात जनस्वास्थ्यको शर्त पालना गरी सञ्चालन गर्ने निर्णय गरेको छ ।

 

 

 

 

 

प्रतिकृया दिनुहोस

कोरोनाबाट २८ सय २४ संक्रमित,२३ जनाको

३५ सय जनामा कोरोना संक्रमण पुष्टि,१६

१९ सय ५४ जनामा कोरोना संक्रमण

५७ सय जनामा कोरोना संक्रमण पुष्टि,३१

तीन हजार ९३ जना संक्रमित,कुल संक्रमितको

नेपालमा ३७ सय ९० नयाँ संक्रमित

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला