OP3CRC अनुमोदन गर्न सञ्जालले बुझायो प्रतिवेदन

   OP3CRC अनुमोदन गर्न सञ्जालले बुझायो प्रतिवेदन

काठमाडौं । संयुक्त राष्ट्र संघीय बालअधिकार महासन्धिको सञ्चार प्रक्रियासम्बन्धी तेस्रो इच्छाधीन आलेख (OP3CRC) अनुमोदनका लागि नागरिक समाजको सञ्जालले प्रतिबेदन बुझाएको छ । सञ्जालले विश्वव्यापी आवधिक समीक्षाको (UPR) तेस्रो चक्रमा नागरिक समाजको तर्फबाट प्रतिवेदन बुझाएको हो । संञ्जालको तर्फबाट संयोजक कृष्ण सुवेदीले प्रतिवेदन पेश गरेका हुन् ।

नागरिक संञ्जालमा देशभरका ३३ ओटा संस्था आवद्ध छन् ।

विश्वव्यापी मानव अधिकारको समीक्षा गर्न हरेक साडे चार वर्षमा सबै राष्ट्रको मानव अधिकारको समीक्षा मानवअधिकार परिषद्मा हुने गर्दछ । नेपालले यस अघिको पहिलो र दोस्रो चक्रमा सहभागिता जनाइ सकेको छ भने तेस्रो चक्रका लागि प्रतिवेदनको तयारी गर्दै छ । समग्र मानवअधिकारको छलफल र समीक्षा हुने सन्दर्भमा बालअधिकारको एक सुत्रीय माग गर्दै सञ्जालले बालअधिकार महासन्धिको सञ्चार प्रक्रियासम्बन्धी तेस्रो इच्छाधीन आलेखलाई अनुमोदन गर्न नेपाल सरकारसँग पैरवी गर्दै आएको छ ।

यो इच्छाधीन आलेख अनुसार कुनै पनि बालबालिकाको अधिकार हनन् भएको अवस्थामा देशको सबै कानुनहरुको प्रयोग गर्दा पनि न्याय नपाएमा संयुक्त राष्ट्र संघीय बालअधिकार समितिसम्म यस विषयलाई पु¥याउन सकिने छ । त्यसका लागि सरकारले उक्त इच्छाधीन आलेखलाई अनुमोदन गर्नु पर्दछ जुन सरकारका तर्फबाट पहल हुन बाँकी छ ।

विश्वव्यापीआवधिक समीक्षाको दोस्रो चक्रमा नेपालको मानवअधिकारको समीक्षा गर्ने क्रममा यस इच्छाधीन आलेखलाई अनुमोदन गर्न नेपाल सरकारलाई सुझाव प्राप्त भए पनि सरकारले आवश्यक कदम चालेको छैन । सञ्जालका संयोजक कृष्ण सुवेदीकाअनुसार हामीले बुझाएको प्रतिवेदनमा हामीले यो इच्छाधीन आलेखलाई नेपाल सरकारबाट अनुमोदन गर्नुपर्ने एक सुत्रीय सुझाव पेश गरेका छौँ । यसले नेपालको समग्र बालबालिका अधिकार हनन् भएमा अन्तर्राष्ट्रिय तहसम्म पुग्न सक्ने बाटो खोल्नेछ ।

 

 

प्रतिकृया दिनुहोस

कोरोनाबाट २८ सय २४ संक्रमित,२३ जनाको

३५ सय जनामा कोरोना संक्रमण पुष्टि,१६

१९ सय ५४ जनामा कोरोना संक्रमण

५७ सय जनामा कोरोना संक्रमण पुष्टि,३१

तीन हजार ९३ जना संक्रमित,कुल संक्रमितको

नेपालमा ३७ सय ९० नयाँ संक्रमित

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला