काठमाडौं उपत्यका लगायत जिल्ला–जिल्लामा छोटो दूरीका सार्वजनिक सवारी चल्न दिइने

 काठमाडौं उपत्यका लगायत जिल्ला–जिल्लामा छोटो दूरीका सार्वजनिक सवारी चल्न दिइने

काठमाडौं । सरकारले काठमाडौं उपत्यका भित्र र जिल्ला–जिल्ला भित्र छोटो दूरीका सार्वजनिक सवारी साधन चल्न दिने निर्णय गरेको छ । बिहीबार नियमित पत्रकार सम्मेलनमा सरकारका निर्णय सार्वजनिक गर्दै प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि र अर्थमन्त्री युवराज खतिवडाले यस्तो जानकारी दिएका हुन् । यसरी सार्वजनिक यातायात सञ्चालकले सुरक्षाका मापदण्ड भने पूरा गर्नुपर्ने हुन्छ । मन्त्री खतिवडाले भने,‘तत्काल काठमाडौं उपत्यकाका तीन जिल्लाभित्र र बाहिरको हकमा सम्बन्धित जिल्लाभित्र मात्र सञ्चालन हुन पाउने छन्।’ एउटा सिटमा एक जना यात्रुमात्र बस्न पाउने र भाडा ५० प्रतिशत थप लिन पाउने छन् । सार्वजनिक सवारीमा भौतिक दूरी कायम राखेर मात्रै यात्रुहरु चढाउन पाइनेछ । सवारी साधनको ढोकामा सेनिटाइजर अनिवार्य गरिएको छ भने मास्क र सेनिटाइजर प्रयोग गर्न भनिएको छ । चालक र सहचालकले अनिवार्यरुपमा मास्क र ग्लोब लगाउनु पर्नेछ ।

प्रतिकृया दिनुहोस

कोरोनाबाट २८ सय २४ संक्रमित,२३ जनाको

३५ सय जनामा कोरोना संक्रमण पुष्टि,१६

१९ सय ५४ जनामा कोरोना संक्रमण

५७ सय जनामा कोरोना संक्रमण पुष्टि,३१

तीन हजार ९३ जना संक्रमित,कुल संक्रमितको

नेपालमा ३७ सय ९० नयाँ संक्रमित

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला