एक सय आठ जना कोरोना संक्रमित थपिए

  एक सय आठ जना कोरोना संक्रमित थपिए

काठमाडौं । देशका विभिन्न प्रयोगशालामा गरिएको कोरोना परीक्षणमा १ सय ८ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १६ हजार पाँच सय ३१ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार बिहीबार १ सय ८ जनामा पीसीआर रिपोर्ट पोजिटिभ आएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार देशभरका २५ पीसीआर प्रयोगशालामा चार हजार पाँच सय ८८ जनाको नमुना परीक्षण गरिएको छ।

बुधबार २५५, मंगलबार २०४ र सोमबार १८० जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको थियो । मन्त्रालयका प्रवक्ता डा. गौतमले  संक्रमण घट्दै गएको र जनजीवन सामान्य बन्दै जाँदा भिडभाडले अझ खतरा हुने प्रति सचेत गराएका छन् ।  क्वारेन्टाइन र आइसोलेसनमा बस्नेको संख्या घट्नु संक्रमणको जोखिम घट्नु नभएको भन्दै उनले सचेत हुन सबैलाई आग्रह गरेका हुन् ।

पछिल्लो २४ घण्टामा एक सय ३९ जना संक्रमित निको भएर घर फर्किएका छन् । योसँगै अहिलेसम्म कोरोना संक्रमण जित्नेको संख्या सात हजार आठ सय ९१ पुगेको छ ।   अहिले क्वारेन्टाइनमा २४ हजार ४ सय २५ जना रहेका छन् भने आठ हजार ६ सय ५ जनाको आइसोलेसनमा उपचार भइराखेको छ।

प्रतिकृया दिनुहोस

कोरोनाबाट २८ सय २४ संक्रमित,२३ जनाको

३५ सय जनामा कोरोना संक्रमण पुष्टि,१६

१९ सय ५४ जनामा कोरोना संक्रमण

५७ सय जनामा कोरोना संक्रमण पुष्टि,३१

तीन हजार ९३ जना संक्रमित,कुल संक्रमितको

नेपालमा ३७ सय ९० नयाँ संक्रमित

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला