विश्वभर अहिलेसम्मकै धेरै १ लाख ८३ हजार कोरोना संक्रमित

 विश्वभर अहिलेसम्मकै धेरै १ लाख ८३ हजार कोरोना संक्रमित

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले विश्वमा  कोरोना भाइरस संक्रमण अहिलेसम्मकै सर्वाधिक वृद्धि भइरहेको उल्लेख गरेको छ । पछिल्लो २४ घण्टा यता १ लाख ८३ हजार संक्रमित थपिएको डब्ल्यूएचओले उल्लेख गरेको छ ।

पछिल्लो समय संयुक्त राज्य अमेरिकामा सबैभन्दा बढी कोरोना संक्रमित देखिएका छन् । अमेरिकामा २० लाख संक्रमित पुष्टि भएका छन् । कोरोना भाइरसबाट धेरै मृत्यु हुने देशमध्ये ब्राजिल दोस्रो स्थानमा उक्लिएको छ । त्यहाँ कोरोनाको कारण ५० हजारभन्दा बढीले जीवन गुमाएका छन् ।

ब्राजिलमा संक्रमितको संख्या दश लाखभन्दा बढी पुगेको पुष्टि गरिएको केही दिनपछि विश्वमै दोस्रो बढी क्षति हुने मुलुकमा परेको छ । विज्ञहरूले पर्याप्त परीक्षण नगरिएका कारण संक्रमण उच्च बिन्दुमा पुग्ने र वास्तविक संख्या अझ बढ्न सक्ने बताइरहेका छन् ।

ब्राजिलको स्वास्थ्य मन्त्रालयले  २४ घण्टामा थप ६ सय ४१ जनाको मृत्यु भएको जनाएको थियो। यसरी संक्रमित थपिएसँगै देशमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ५० हजार ६ सय १७ पुगेको छ। २४ घण्टामा मात्रै  नयाँ संक्रमित १७ हजार थपिएका छन्।

त्यस्तै, रुसमा संक्रमितको संख्या पाँच लाख ८४ हजार ६ सय ८० पुगेको छ। जसमध्ये ६ हजार एक सय ११ जनाको मृत्यु भएको छ।

भारत चौथो नम्बरमा पुगेको छ। भारतमा संक्रमितको संख्या चार लाख २६ हजार नौ सय १० पुगेको छ। जसमध्ये १३ हजार सात सय तीन जनाको मृत्यु भएको छ।

नेपालमा पनि संक्रमितको संख्या नौ हजार २६ पुगेको छ। जसमध्ये २३ जनाले ज्यान गुमाइसकेका छन्। अहिलेसम्म एक हजार सात सय ७२ जना निको भएका छन्।संक्रमितको संख्या बढ्न थालेसँगै विश्व स्वास्थ्य संगठनले सतर्कता अपनाउन आग्रह गरेको छ। कयौं देशले फेरि लकडाउन  गर्ने तयारी गरेका छन् ।

 

प्रतिकृया दिनुहोस

कोरोनाबाट २८ सय २४ संक्रमित,२३ जनाको

३५ सय जनामा कोरोना संक्रमण पुष्टि,१६

१९ सय ५४ जनामा कोरोना संक्रमण

५७ सय जनामा कोरोना संक्रमण पुष्टि,३१

तीन हजार ९३ जना संक्रमित,कुल संक्रमितको

नेपालमा ३७ सय ९० नयाँ संक्रमित

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला