सुर्खेत । जताततै सरकारी गाडीको दुरुपयोग भएको समाचारहरु आईरहेका बेला नेपाली कांग्रेसका एक नेताले भने सरकारले सुविधाका लागी दिएको सरकारी गाडीनै फिर्ता गरेका छन् ।
कर्णाली प्रदेश सभामा प्रमुख विपक्षी दलका नेता समेत रहेका जीवनबहादुर शाहीले सरकारी सुविधाको गाडी फिर्ता गरेका हुन् । सञ्चार माध्यममा गरिब कर्णाली प्रदेशकै सभामुख राजबहादुर शाहीले महंगो गाडी चढेको भन्दै समाचारहरु आएको केहि दिनमै कांग्रेस नेता शाहीले गाडी फिर्ता गर्ने घोषणा गरेका छन् ।
बिहीबार कर्णाली प्रदेशको सभामा कुरा राख्दै शाहीले सरकारी सुविधाको गाडी नलिने घोषणा गरेका हुन् । उनले बिभीन्न सञ्चारमाध्यमले कर्णाली प्रदेशलाई गरिव प्रदेश भनेकोमा आपत्ति जनाएका थिए ।
उनले गरिव प्रदेशका नेता मन्त्री, सभामुखले गाडी चढ्ने हैसियत नराख्ने भन्दै असन्तुष्टि जनाएर गाडी फिर्ता गरेका हुन् । कांग्रेस नेता शाहीले गाडी चढ्दा कार्यविधि बनाएर मात्रै चढ्न सुझाव दिएका छन् ।
ब्याङ्गात्मक शैलीमा कांग्रेस नेता शाहीले कर्णाली प्रदेशका सबै महँगा गाडीहरू बेच्न प्रस्ताव गरेका छन् । कांग्रेस नेता शाहीले कर्णाली प्रदेशबाट सुविधामा स्कार्पियो गाडी पाएका छन् । त्यो गाडीको साँचो संसद सचिवालयलाई बुझाइएको उनका स्वकीय सचिव राजबहादुर रोकायाले बताए ।
‘हामी गरिब प्रदेश भन्ने, अनि महँगा–महँगा गाडी चढ्ने, यो राम्रो भएन’, उनले भने, ‘त्यसैले मैले कानूनद्वारा पाएको गाडी फिर्ता गर्ने निर्णय गरेको हुँ ।’ ‘मन्त्रीहरूलाई गाडी नचढ्नुस् भनेर म भन्दिनँ, तर महँगा फोरह्वीलर स्कार्पियो चढ्ने हाम्रो हैसियत छैन’, कांग्रेस नेता शाहीले भने, ‘मन्त्री र सभामुखलाई मारुती ८ सयभन्दा माथिको गाडी नदिऔं ।
प्रकाशित २३ जेठ २0७७ , शुक्रबार | 2020-06-05 10:10:09
प्रकाशित ९ असाढ २0७६ , सोमवार
प्रकाशित २५ जेठ २0७६ , शनिबार
प्रकाशित १७ जेठ २0७६ , शुक्रबार