अमरवाणी संवाददाता/काठमाडौं । कोरोनाबाट नेपालमा थप एक जनाको मृत्यु भएको पुष्टि भएको छ । पाल्पाको पूर्व खोला गाँउपालिकाका एक पुरुषको कोरोनबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै कोरोनबाट मृत्यु हुनेको संख्या १० पुगेको छ ।
मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जेठ २० पाल्पास्थित मिसन अस्पतालमा मृत्यु भएका भएका ४५ बर्षीय पुरुषको स्वाँबको रिपोट बिहीबार पोजिटिभ देखिएको जानकारी दिए ।
प्रवक्ता देवकोटका अनुसार पछिल्लो अपडेटमा पीसीआर विधिबाट गरिएको परीक्षणमा थप ३ सय ३४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै सङ्क्रमित सङ्ख्या दुई हजार ६ सय ३४ पुगेको छ । सङ्क्रमित हुनेमा पुरुष दुई हजार ४ सय ५० र महिला १ सय ८४ रहेका छन् ।
नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा विकास देवकोटाले दिएको जानकारी अनुसार संक्रमित हुनेमा दैलेखका ११३, बाँकेका ४२, कपिलवस्तुका २९, मोरङका २, पर्साका १, झापाका ५, ताप्लेजुङका १, सप्तरीका १३, बाराका ७, सिन्धुलीका १, म्याग्दीका १, बागलुङका १०, पर्वतका ४, स्याङ्जाका १, डोटीका ३, दाङका १५ र मुगुका १ जना संक्रमण देखिएको हो । त्यसैगरी खोटाङका ३, बाराका ५, धनुषाका ६, महोत्तरीका ३, रौटहटका ६४, सर्लाहीका ३ जना रहेका छन् ।
क्वारेन्टाइनमा रहनेको संख्या १ लाख ६१ हजार २६२ रहेका छन् । त्यसैगरी आइसोलनमा रहनेको संख्या २ हजार ३३५ जना रहेका छन् । २४ घन्टामा डिस्चार्ज हुनेमा थप १२ जना रहेका छन् । यसरी डिस्चार्ज हुनेको संख्या २९० रहेको छ । नारायणी अस्पतालबाट ५ जना र कलैया अस्पतालबाट ७ जना डिस्चार्ज भएका छन् ।
प्रकाशित २२ जेठ २0७७ , बिहिबार | 2020-06-04 11:07:12
प्रकाशित ९ असाढ २0७६ , सोमवार
प्रकाशित २५ जेठ २0७६ , शनिबार
प्रकाशित १७ जेठ २0७६ , शुक्रबार