बैतडी । पुर्चौडी नगरपालिका–४ भटनास्थित मालिका माध्यमिक विद्यालयको क्वारेन्टाइनमा मृत्यु भएकी युवतीको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।
पञ्जाबबाट परिवारसहित आएकी २२ वर्षीया सुनिता लुहारको मंगलबार मृत्यु भएको थियो । रिपोर्ट नेगेटिभ आएपछि क्वारेन्टाइनमै राखिएको उनको शव आफन्तको जिम्मा लगाइएको छ ।
उनीसँगै रहेका १८ महिनाका छोरा, श्रीमान् र अन्य एक जना पुरुषको पनि पीसीआर रिर्पोट नेगेटिभ आएको स्वास्थ्य कार्यालयका प्रमुख योगेश भट्टले बताए । पञ्जाबबाट मृतक महिलाको परिवार जेठ १६ गते गौरीफन्टा नाका भएर घर फर्किएको थियो । १८ गतेबाट उनी क्वारेन्टाइनमा बसेकी थिइन् । स्वास्थ्यकर्मीहरुका उनुसार उनी दमको बिरामी थिइन् । मृतकका ३ छोरोछोरी छन् ।
प्रकाशित २२ जेठ २0७७ , बिहिबार | 2020-06-04 07:47:15
प्रकाशित ९ असाढ २0७६ , सोमवार
प्रकाशित २५ जेठ २0७६ , शनिबार
प्रकाशित १७ जेठ २0७६ , शुक्रबार