काठमाडौं । गण्डकी प्रदेशमा १६ जना कोरोना सङ्क्रमित थपिएका छन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठनमा गरिएको परीक्षणमा थप १६ जनामा सङ्क्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
बागलुङको निसीखोला गाउँपालिकाका ३३ वर्षीय महिला, २२ र २९ वर्षीय पुरुष, बडिगाड गाउँपालिकाका १२, २०, २१ र २५ वर्षीय पुरुष, गलकोट नगरपालिकाका २०, २२, २३ वर्षीय पुरुषमा संक्रमण देखिएको छ । योसँगै बागलुङमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १८ पुगेको र दूई जना निको भएर घर फर्कीएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । योसँगै प्रदेशमा संक्रमितको संख्या ४५ पुगेको छ ।
प्रकाशित २२ जेठ २0७७ , बिहिबार | 2020-06-04 07:23:15
प्रकाशित ९ असाढ २0७६ , सोमवार
प्रकाशित २५ जेठ २0७६ , शनिबार
प्रकाशित १७ जेठ २0७६ , शुक्रबार