काठमाडौँ। देशभर थप २ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित मध्ये २ सय ७० जना पुरूष र १८ जना महिला रहेका छन् ।
योसँगै कोरोना सङ्क्रमितको सङ्ख्या २ हजार ९९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका छन् । उनका अनुसार मंगलबार ४५ जना डिस्चार्ज भएका छन् । योसँगै कुल २६६ डिस्चार्ज भएका छन् ।
मन्त्रालयका प्रवक्ता विकास देवकोटाले मंगलबार रौतहटका ७४, स्याङ्जाका ५, पर्वतका ५, सप्तरीका १, बर्दियाका ३, बाँकेका १७, सुर्खेतका २७, दैलेखका ९, सल्यानका १८, अछामका १०, बाराका १, दाङका १७, प्युठानका १, कन्चनपुरका ८, कैलालीका १०, धनुषाका ६, महोत्तरीका २, सर्लाहीका २१, सिरहाका १७, भक्तपुरका १, धादिङका १, कपिलवस्तुका १६, काठमाडौं मेडिकल कलेजका ४ जना, नवलपराी पूर्वका १, नवलपरासी पश्चिमका १, नुवाकोटका २, रूपन्देहीका १० संक्रमित थपिएको जानकारी दिए।
हालसम्म ७५ हजार ३ सय ४३ नमुना पीसीआर विधिबाट परीक्षण गरिएको छ । आरडीटी विधिबाट १ लाख १६ हजार ३ सय ४५ जनाको परीक्षण गरिएको छ । २४ घण्टाको अवधिमा ३ हजार ४ सय ४० नमुना पीसीआर विधिबाट गरिएको छ भने २ हजार ५ सय ८८ जनाको आरडीटी विधिबाट परीक्षण गरिएको छ ।
प्रकाशित २0 जेठ २0७७ , मङ्गलबार | 2020-06-02 10:55:42
प्रकाशित ९ असाढ २0७६ , सोमवार
प्रकाशित २५ जेठ २0७६ , शनिबार
प्रकाशित १७ जेठ २0७६ , शुक्रबार