धरान/वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत १८ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । अस्पतालका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार डिस्चार्ज हुनेमा १७ जना झापाका हुन भने धरानकी एक महिला छन् ।
दुई पटक पिसिआर जाँच गर्दा नेगेटिभ रिपोर्ट आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको हो । उनीहरुलाई धरान उपमहानगरपालिकाका मेयर तिलक राई, प्रतिष्ठानका अस्पताल निर्देशक डा.गौरीशंकर साह, सहायक निर्देशक डा.विकास साह, मेट्रोन उपेन्द्र यादव र फोकल पर्सन डा.इन्द्र लिम्बुलगायतले विदाई गरेका थिए। धरानकी महिलालाई एम्बुलेन्समा घर पठाइएको थियो भने झापाका नागरिकहरुलाई बसमा पठाइएको प्रतिष्ठानले जनाएको छ।
प्रकाशित २0 जेठ २0७७ , मङ्गलबार | 2020-06-02 07:28:44
प्रकाशित ९ असाढ २0७६ , सोमवार
प्रकाशित २५ जेठ २0७६ , शनिबार
प्रकाशित १७ जेठ २0७६ , शुक्रबार