काठमाडौँ । नेपालमा कोरोना संक्रमितको संख्या १ हजार ७ सय ९८ पुगेको छ । पछिल्लो २४ घण्टामा सोमबार थप २ सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै सो संख्या पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।
मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले यो अहिलेसम्मकै धेरै संख्या भएको जानकारी दिए ।
संक्रमित हुनेमा दैलेखका ४१, कपिलवस्तुका ४०,सर्लाहीका ३८,जुम्लाका १९ र रौटहतका १८ जना रहेका छन् । त्यस्तै कैलालीका १४,सल्यानका १०,दाङका ९,बाँकेका ७,धनुषाका ७,सुर्खेतका ५,सिरहाका ५,नवलपरासी पूर्वका ३,झापाका २,महोत्तरीका २,मकवानपुरका,उदयपुरका १,अछामका १,बैतडीका १,डोटीका १ र कञ्चनपुरका १ जना रहेका छन् । संक्रमित पुरुष २ सय १३ जना छन भने महिला १३ जना रहेका छन् ।
डोटीमा संक्रमण देखिएसँगै नेपालका ५९ जिल्लामा सङ्क्रमण फैलिएको मन्त्रालयले जनाएको छ ।
अहिलेसम्म २ सय २१ जना रहेका छन् । डडेल्धुरा अस्पतालबाट सोमबार १ जना निको भएर घर फर्किएको देवकोटाले जानकारी दिएका छन् । कोरोनाबाट ८ जनाको मृत्यु भएको छ ।
हालसम्म पीसीआर विधिबाट ७१ हजार ९०३ र आरडीटी विधिबाट १ लाख १३ हजार ७५७ नमूना परीक्षण भएका छन्। गत २४ घन्टामा पीसीआर विधिबाट २ हजार ३१० र आरडीटी विधिबाट २ हजार ६४८ थप नयाँ नमूना परीक्षण भएका हुन्।
प्रकाशित १९ जेठ २0७७ , सोमवार | 2020-06-01 11:32:51
प्रकाशित ९ असाढ २0७६ , सोमवार
प्रकाशित २५ जेठ २0७६ , शनिबार
प्रकाशित १७ जेठ २0७६ , शुक्रबार