काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो अपडेटमा थप १३ जना कोरोना संक्रिमत पुष्टि भएका छन् । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीको रिपोटमा १३ जनामा कोरोना पोजिटिभ देखिएको मन्त्रालयले जनाएको छ । उनीहरू पाल्पाका २ जना,नवलपरासीका ६ वर्षीय बालक,गुल्मीका १ जना,कपिलवस्तुका ७ जना र रुपन्देहीका १ बालिका र ५४ बर्पीय पुरुष रहेका छन् । योसँगै कोरोना संक्रमितको संख्या १ हजार ८ सय ११ पुगेको छ । यसअघि मात्र २ सय २६ जनामा कोरोना पुष्टि भएको थियो ।
प्रकाशित १९ जेठ २0७७ , सोमवार | 2020-06-01 01:43:57
प्रकाशित ९ असाढ २0७६ , सोमवार
प्रकाशित २५ जेठ २0७६ , शनिबार
प्रकाशित १७ जेठ २0७६ , शुक्रबार