काठमाडौं । देशभर थप १ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विभिन्न प्रयोशालाको पछिल्लो रिपोट अनुसार १६२ जना पुरुष ४ जना महिलामा कोरोन संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । योसँगै संक्रमितको संख्या १ हजार ५ सय ६७ पुगेको छ ।
संक्रमित हुनेमा तनहुँका १ जना, स्याङ्जाका २ जना, पर्साका ५ जना, कालिकोटका १८ जना, दैलेखका १८ जना, बाजुराका १ जना, सल्यानका २५ जना, सुर्खेतका १ जना , बाँकेका ४ जना, नेपालगञ्जका ४ जना, सप्तरीका १२ जना, कैलालीका ३ जना, बाजुराका २ जना, झापाका ४ जना, धनुषाका २१ जना, कपिलवस्तुका ५ जना, रौटहतका २९ जना, सर्लाहीका १० जना रहेको मन्त्रालयले जनाएको हो । संक्रमितमध्ये हालसम्म २२० जना निको भएर घर फर्किइसकेका छन् ।
प्रकाशित १८ जेठ २0७७ , आइतबार | 2020-05-31 10:58:41
प्रकाशित ९ असाढ २0७६ , सोमवार
प्रकाशित २५ जेठ २0७६ , शनिबार
प्रकाशित १७ जेठ २0७६ , शुक्रबार