डडेल्धुरा । डडेल्धुरा बहुमुखी क्याम्पस क्याम्पसमा रहेको क्वारेन्टाइनमा रहेका ६ वर्षीय बालकलको मुत्यु भएको छ । शनिबार राती मृत्यु भएपछि उनको स्वाब परीक्षणका लागि पठाइएको छ ।
गौरी फन्टा नाकाबाट उद्धार गरी शनिबार राति १२ बजेतिर डडेल्धुरा बहुमुखी क्याम्पसको ल्याइएका बालकलाई शारीरिक समस्या देखिएपछि विहान ३ बजे उनीलाई डडेल्धुरा अस्पताल लगिएको थियो । अस्पताल पु–याएपछि उनको मृत्यु भएको प्रहरी नायव उपरीक्षक दधिराम न्यौपाने जानकारी दिएका छन् ।
भारतको मुम्बईबाट आमाबाबुसँगै आएका उनी मलेरिया रोगको उपचार गराइरहेका थिए । क्वारेन्टाइनबाट राति फोन आउने वितिक्कै गाडी पठाएर अस्पताल पु¥याएका थियौ, तर अस्पताल पुगेपछि अस्पतालले मृत घोषणा गरेको प्रहरी नायब उपरीक्षक न्यौपानेले बताए ।
बालक अस्पताल पु(याउनु भन्दा अघि नै मृत्यु भएको डडेल्धुरा अस्पतालका निमित्त सुपरिटन्डेन्ट डा. जगदीशचन्द्र विष्टले बताए । उनले भने, विहान ३ बजेतिर ती बालक अस्पताल पु(याइएको थियो । उनको कोरोना रोग परिक्षणका लागि थ्रोट स्वब संकलन गरि धनगढी पठाइएको छ ।
प्रकाशित १८ जेठ २0७७ , आइतबार | 2020-05-31 04:22:49
प्रकाशित ९ असाढ २0७६ , सोमवार
प्रकाशित २५ जेठ २0७६ , शनिबार
प्रकाशित १७ जेठ २0७६ , शुक्रबार