काठमाडौँ । देशभरका विभिन्न प्रयोगशालामा गरिएको कोरोना परीक्षणमा १ सय ८९ जना संक्रमित पाइएका छन् । नयाँ थपिएका १ सय ८५ पुरुष र ४ जना महिला रहेका छन् । योसँगै संक्रमितको संख्या १ हजार ४ सय १ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका हुन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टमा १३ जना संक्रमित निको भएर घर फर्किएका छन् । योसँगै कोरोनाबाट निको हुनेको संख्या २ सय १९ पुगेको । निको हुनहरू राष्ट्रिय जनस्वस्थ्य अस्पताल टेकुबाट २ जना र बलम्बु अस्पतालबाट ११ जना रहेका छन् ।
नयाँ संक्रमित हुनेमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा १ सय २४ जना रहेका छन् । उनीहरू धनुषाका ७ जना,झापाका १ जना,कपिलवस्तुका ७७ जना,ललितपुरका १ जना महोत्तरीका ४,रौतहटका ६जना सर्लाहीका १७ जना र सिरहाका ११ जना रहेका छन् । त्यस्तै प्रादेशिक प्रयोगशाला रुपन्देहीमा कपिलवस्तुका २६ जनामा कोरोना पोजिटिभ पुष्टि भएको छ ।
यसरी कपिलवस्तुमा मात्र शनिबार ९९ जनामा कोरोना देखिएको छ । विपी काइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ९ जना उनीहरू सप्तरी निवासी हुन् । राप्ती स्वास्थ्य प्रतिष्ठानमा ८ जना,नारायणी अस्पतालमा ३ जना,कर्णाली स्वास्थ्य प्रतिष्ठानमा १४ जनामा र कोसी अञ्चल अस्पतालमा संखुवासभाका २ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कुल संक्रमितमा महिला १ सय १३ जना छन् भने पुरुष १ हजार २ सय ८८ रहेका छन् ।
संक्रमितहरूको सामान्य अवस्था रहेको उनले बताए ।
प्रकाशित १७ जेठ २0७७ , शनिबार | 2020-05-30 11:00:00
प्रकाशित ९ असाढ २0७६ , सोमवार
प्रकाशित २५ जेठ २0७६ , शनिबार
प्रकाशित १७ जेठ २0७६ , शुक्रबार