काठमाडौं । देभभर थप १ सय ७० जनामा कोराना संक्रमण पुष्टि भएको छ । स्वाथ्य तथा जनसंख्या मन्त्रालयको २४ घण्टाको अपडेटमा यतिका संख्यामा संक्रमित पुष्टि भएका हुन् ।
मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले देशका विभिन्न प्रयोगशाला रिपोट अपडेट गर्दै सो जानकारी दिएका हुन् । योसँगै संक्रमित हुनेको संख्या १ हजार २ सय १२ पुगेको छ । ती मध्ये १ सय ९ जना महिला छन् भने बाँकी पुरुष हुन् ।
संक्रमित हुनेमा झापाका २८, सप्तरीका ४, बाराका ४, पर्साका ५, म्याग्दीका १, बाँकेका १०, नवलपरासी बर्दघाटका २, कपिलवस्तुका ५१, रौटहटका ५६, सर्लाहीका ५, रुपन्देहीका १ र दाङका २ जना रहेका छन् ।
शुक्रबार १९ जना डिस्चार्ज भएका छन्। योसँगै कोरोना जित्नेको संख्या २०६ पुगेको छ । प्रवक्ता देवकोटाका डा. अनुसार काठमाडौंको टेकु अस्पतालबाट २, पाटन अस्पतालबाट ७, बलम्बुको अस्पतालबाट दुई र दाङको कोरोना विशेष अस्पतालबाट ८ जना शुक्रबार डिस्चार्ज भएका हुन्। मन्त्रालयका अनुसार अहिले ९९ हजार एक सय ३६ जना क्वारेन्टाइनमा छन्। संक्रमणको आशंकामा आइसोलेसनमा राखिएकाको संख्या एक हजार पुगेको छ।
प्रकाशित १६ जेठ २0७७ , शुक्रबार | 2020-05-29 11:05:16
प्रकाशित ९ असाढ २0७६ , सोमवार
प्रकाशित २५ जेठ २0७६ , शनिबार
प्रकाशित १७ जेठ २0७६ , शुक्रबार